५ पुस २०८२, शनिबार | December 20, 2025

वडा अध्यक्षको निधनको शोकमा बुटवल उप-महानगरपालिकाले दियो एक दिन बिदा



बुटवल । बुटवल उप-महानगरपालिकाले जनप्रतिनिधिको निधनमा एक दिन शोक बिदा दिने भएको छ । उपमहानगरको ३ नम्बर वडाका वडा अध्यक्ष लाल प्रसाद बस्यालको निधनमा उपमहानगरका सम्पूर्ण सेवाहरु आज (मंगलबार) एकदिनका लागि बन्द गरिएको उपमहानगरले जनाएको छ ।

उपमहानगरले जारी गरेको सूचना अनुसार शोकमा परेको उपमहानगरका अत्यावश्यक सेवा बाहेकका उपमहानगर र वडा स्तरका समेत सबै सेवाहरु एक दिनका लागि बन्द रहने जनाइएको छ ।

बुटवल क्षेत्रका पाका कम्युनिष्ट कार्यकर्ता तथा स्थानीय तहमा वडा नम्बर ३ बाट निर्वाचित अध्यक्ष बस्यालको सोमबार आफ्नै घरको शौचायमा लडेर मृत्यु भएको थियो ।

७३ वर्षिय वडा अध्यक्ष बस्यालको निधनको शोकमा उपमहानगरमा मंगलबार बिहान शोक सभा राखिएको थियो । शोकसभामा उपमहानगरका प्रमुख शिवराज सुबेदी, उप प्रमुख गोमादेबी आचार्य, प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद रेग्मी लगायतले स्वर्गिय बस्यालको तस्विरमा माल्यापैण गर्दै श्रद्धान्जली अर्पण गरेका थिए । सो अवसरमा बोल्दै उपमहानगर प्रमुख सुबेदीले सम न्यायिक र समनतामुलक समाज बनाउने बस्यालको सपना साकार पार्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ११ : २५ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता