२० चैत्र २०८२, शुक्रबार | April 4, 2026

सिंगारिँदै एमाले १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल (फोटो फिचर)



चितवन । लचितवनमा हुन लागेको नेकपा (एमाले)को १० औं राष्ट्रिय महाधिवेशनको तयारी तीव्र बनाइएको छ ।

महाधिवेशन सुरु हुन दुई दिन मात्र बाँकी छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।

उद्घाटन स्थलमा विशाल मञ्च निर्माण हुँदै छ । मञ्च निर्माणको काम ५० प्रतिशत सकिएको एमाले केन्द्रीय सदस्य एवं स्वयंसेवक परिचालन कमिटीका संयोजक विनोद श्रेष्ठले जानकारी दिए । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ ।

बुधबार बेलुकीसम्म मञ्चको ७५ प्रतिशत काम सकिने उनले बताए । उद्घाटन स्थलमा मञ्च निर्माणसँगै प्रचारप्रसारका साइन बोर्डहरू पनि धमाधम बनाइएको छ । नारायणी नदीको पारिपट्टी गैंडाकोटतर्फको किनारमा पनि एमालेको ठूलो बोर्ड राखिएको छ ।

नदीको दुवै किनारमा सहभागीहरूलाई राख्ने एमालेको योजना छ । टाढा बस्ने सहभागीहरूका लागि ठूलो डिस्प्ले बोर्डको व्यवस्था गरिने श्रेष्ठले बताए । ११ र १२ मंसिरमा बन्द सत्र हुने सौराहामा दुई हजार प्रतिनिधि हटाउने हल निर्माण गरिएको छ ।

‘उद्घाटन सत्र हुने स्थान र बन्द सत्र हुने स्थानमा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । मञ्च र हलको निर्माण कार्य सम्पन्न गरेर ९ मंसिर बेलुकीसम्म तयार भइसक्छ’, उनले भने ।

विभिन्न स्थानमा स्वागत द्वारहरू पनि निर्माण गरिएको छ । पुलचोक, आँपटारी, भरतपुर लगायतका स्थानमा स्वागतद्वार निर्माण गरिएको महाधिवेशन प्रचारप्रसार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए ।

महाधिवेशनको प्रचारप्रसारका लागि मंगलबार भरतपुर र नारायणगढमा मोटरसाइकल र्‍याली निकालिएको छ । युवा संघ नेपाल चितवनको आयोजनामा गरिएको र्‍यालीमा दुई हजार बढी मोटरसाइकल सहभागी भएका आयोजकले जनाएको छ ।

जिल्लाको विभिन्न पालिकाबाट मोटरसाइकलसहित आएका युवाहरू एमालेको महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा जम्मा भएर र्‍यालीमा सहभागी भएका हुन् । नारायणी नदी किनारबाट सुरु भएको मोटरसाइकल र्‍यालीले भरतपुर महानगरपालिकाको विभिन्न भाग परिक्रमा गरेको हो ।

एमाले महाधिवेशने प्रचार प्रसारको गीत बजाउँदै नारायणी नदी किनारबाट सुरु भएको र्‍याली नारायणगढको मेनरोड, पोखरा बसपार्क, आँपटारी, बाइपास सडक हुँदै केन्द्रीय बस टर्मिनल, चौबीसकोठी, लायन्सचोक, शहीदचोक, पुलचोक हुँदै महाधिवेशन उद्घाटन स्थल नारायणी नदी किनारमा आएर समापन भएको थियो ।

युवा संघ नेपाल चितवनका संयोजक सुशील केसीले आगामी १० गते नारायणगढको नारायणी नदी किनारमा हुने एमाले महाधिवेशनको उद्घाटनमा व्यापक जनसहभागिता जुटाउने उद्देश्यले मोटरसाइकल र्‍यालीको आयोजना गरिएको बताए । भरतपुरसँग जिल्लाका अन्य पालिकाहरूमा समेत महाधिवेशनको प्रचार गर्दै मोटरसाइकल र्‍याली निकालिएको उनले बताए ।

नेकपा एमालेको केन्द्रीय निर्देशन अनुसार मंगलबार नवलपुर, मकवानपुर सहित देशका मुख्य सहरहरूमा युवा संघले मोटरसाइकल र्‍याली निकालेको थियो ।

फोटो फिचर

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ६ : ०८ बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२