१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

एमाले दशौं महाधिवेशन : ओली अझै मौन



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो मुख्य शक्ति नै आमकार्यकर्ता र प्रतिनिधि हुने भएकाले १० औं महाधिवेशनमा उहाँहरूकै इच्छाअनुसार आफू अघि बढ्ने बताएका छन् ।

उनले महाधिवेशनमा आफू केमा उठ्ने भन्ने कुराको निक्र्योल आमकार्यकर्ता र प्रतिनिधिले गर्ने भन्दै त्यस सम्बन्धमा आफू अहिले मौन रहेको स्पष्ट पारे ।

एमाले प्रचार विभागले महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार राष्ट्रिय सञ्चार माध्यमका सम्पादकसँग गरेको अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा हुने हरेक लोकतान्त्रिक अभ्यासलाई आफूले सम्मान गर्ने बताए ।

ओलीले कुनै पनि उम्मेदवारलाई उसको इच्छाविपरीत सहमतिका नाममा बस्न आफूले कुनै दबाब नदिने स्पष्ट पारे । आफूविरुद्ध कोही उम्मेदवार हुन्छ भने बस्नका लागि दबाब पनि नदिने भन्दै उनले भने, ‘मैले उठ्ने निधो गरें भने मलाई छोड्न नि पाउँछ, चुनौती दिन पनि पाइन्छ । कसैले चुनौती दिएमा स्वागत गर्छु । लोकतन्त्रमा चुनौती स्वाभाविक कुरा हो, स्वाभाविक रूपमा लिनुपर्छ ।’

अध्यक्ष ओलीले आफूले सहमतिका लागि आग्रह गर्दा दबाब दिएको सन्देश जान सक्ने भएकाले नेतृत्व चयनको जुनसुकै प्रक्रियालाई पनि स्वीकार गर्ने स्पष्ट पारे । कार्यकर्ता वा प्रतिनिधिको इच्छा बेगर आफूले कुनै कदम नचाल्ने उनले स्पष्ट पारे ।

उपाध्यक्ष डा.भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । ओली निकटका नेताहरूले आगामी महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने बताउँदै पार्टीमा ओलीको विकल्प नभएको बताउँदै आएका छन् । तर, कार्यक्रममा ओलीले भने, ‘मैले उठ्ने, नउठ्ने अहिलेसम्म कुनै निर्णय गरेको छैन । जुनसुकै पदमा प्रतिस्पर्धा गर्न सबै प्रतिनिधि स्वतन्त्र छन् ।’

अध्यक्षमा रावलको उम्मेदवारीप्रति लक्षित गर्दै ओलीले भने, ‘रावलजीले मलाई चुनौती दिनुभएको छैन । मप्रति उहाँले आदर, सम्मान, माया र स्नेह देखाउनुभएको छ । बढी खट्नुहुन्छ थकाइ लाग्ने हो कि भनेर त्यसो भए म उठ्छु भन्नुभएको हो । यसलाई सकारात्मक रूपमा लिएको छु ।’

ओलीले अगाडि भने, ‘उहाँले कुनै चुनौती भन्नुभएको छैन । सुझाव दिनुभएको छ । उहाँको स्नेहपूर्ण सुझावबाट म प्रभावित छु । यो एक खालका मान्छेहरूले मन पराउने सुझाव पनि छ । यसमा मैले सोच्ने कुरा छुट्टै छ, समय आएपछि निर्णय गर्छु ।’

त्यस्तै, उनले माधवकुमार नेपालसहितको नेताहरू बाहिरिँदा पार्टीमा विवाद अन्त्य भएको दाबी गरे । आफूहरू प्रतिपक्षमा पुगेर पार्टीलाई शुद्धीकरण र सुदृढीकरणको अवसर मिलेको उनले बताए । ओलीले पार्टीको १० औं महाधिवेशनमा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई पार्टीगत रूपमा निम्ता गर्न नमिलेकाले निम्ता नगरिएको स्पष्ट पारे ।

ओलीले भने, ‘माधवकुमार नेपाललाई पार्टीका रूपमा निम्ता गर्न मिलेन ।’, हामीले उहाँलाई २५ साउनमा अनुशासनहीन क्रियाकलाप, लोकतन्त्रमा नसुहाउने पार्टी फुटाउने काम गरेको र त्यो देशको अहितमा रहेकाले कारबाही गरेर निष्कासन गरेका थियौं ।’

सो कुराको जानकारी निर्वाचन आयोग र संसद् सचिवालयमा गराइएको अवस्थामा २ भदौमा अवैध रूपमा पार्टी गठन गरेकाले नेपाललाई बोलाउन जरुरी नभएको उनले बताए । उनले माधव नेपालको कुनै पार्टी नभएको पनि जिकिर गरे ।

अध्यक्ष ओलीले पार्टीको १० औं महाधिवेशनमा नेपालका सवारी साधनले बोक्न सक्ने जति मानिस सहभागी हुने दाबी गरे । महाधिवेशनमा १०÷२० लाख जनसहभागिता जुटाउन सकिने भए पनि सवारीसाधनको क्षमताले भ्याएसम्म मात्र मानिस चितवनमा उपस्थित हुने ठट्यौली पारामा उनले बताए ।

‘नेपालका सवारीसाधनले बोक्न भ्याउने जति जनसमुदाय सहभागी हुनेछन्, ठुला सवारीसाधन, लामो दूरीका सवारी साधनले बोक्न सक्नेसम्मको मानिस महाधिवेशनमा सहभागी हुन्छन्’ ओलीले भने, ‘कति छ नेपालका बसहरूको क्यापासिटी, एकपटकमा उनीहरुले कति बोक्न सक्छन् त्यसअनुसार सहभागिता हुन्छ । न्यूनतम् ५ लाख उपस्थित हुने अपेक्षा गरेका छौं,’ अध्यक्ष ओलीले भने ।

कोभिडको समय भएकाले धेरै ठुलो संख्यामा विदेशी प्रतिनिधि भने महाधिवेशनमा सहभागी नहुने उनले बताए । देश बनाउने योजना तथा कार्यक्रम विधान महाधिवेशनबाट पारित भइसकेका कारण ती नीतिको कार्यान्वयनका लागि कस्तो नेतृत्वको टिम निर्माण गर्न उपयुक्त हुन्छ भन्ने विषयमा बन्दसत्र केन्द्रित रहने उनले बताए । १० औं महाधिवेशनले मुख्य रूपमा पार्टीको नेतृत्व निर्माण गर्ने उनको भनाइ थियो ।

एमालेमा विभिन्न पार्टी तथा समूहबाट आएकाले विभिन्न पदमा उम्मेदवारी दिने घोषणा भइरहेका बेला अध्यक्ष ओलीले सबै जना बुझ्ने हुनुहुन्छ एकताको सन्देश दिन आवश्यकताअनुसार उम्मेदवारी फिर्ता लिएर भए पनि सर्वसम्मत पदाधिकारी निर्वाचित गर्न सबै जना तयार हुने विश्वास उनले व्यक्त गरे ।

लोकतन्त्रमा सर्वसम्मत नेतृत्व चयन गर्नु पनि एक विधि भएको बताउँदै उनले सर्वसम्मत हुन नसकेको अवस्थामा आन्तरिक लोकतन्त्रअनुसार प्रतिपस्पर्धाबाटै अगाडि बढ्ने बताए ।

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) को महाधिवेशन झापामा गरेर देखाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चुनौती दिए । प्रचण्डले चितवनमा महाधिवेशन गरेर एमालेले आफूलाई घेराबन्दी गरेको गुनासो गरेका बेला ओलीले कोही चुनाव लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने कुरा स्वीकार्य नभएको स्पष्ट पारे ।

‘महाधिवेशन कहाँ गर्ने समस्या होइन । रोल्पातिर गरौं चुनाव लड्नुभएको छ । सिरहा गरौं उहाँ लडेको छ । काठमाडौंमै गरौं उहाँ चुनाव लडेको छ । चितवनमा गर्दा पनि उहाँ लडेको छ,’ ओलीले भने, ‘हामीले त आफ्नो पार्टीको चुनाव गरिरहेका हौं । बरु म उहाँलाई झापा आउन आह्वान गर्छु । झापा आएर माओवादी अधिवेशन गर्नुस् ।’

कोही चुनाव कहीँबाट लडेको छ भन्दैमा महाधिवेशन गर्नै नहुने भन्ने मान्न नसकिने जिकिर ओलीले गरे । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ०६ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary