७ आश्विन २०८३, बुधबार | September 23, 2026

कांग्रेस चितवन : क्षेत्रीय सभापतिमा संस्थापनइतर बलियो



चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत चितवनमा प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र महाधिवेशन प्रतिनिधिको निर्वाचन सम्पन्न भएको छ । चितवनमा तीन वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ ।

कांग्रेस क्षेत्रीय सभापतिको चुनावमा संस्थापनइतर बलियो देखिएको छ । क्षेत्र नं १ को सभापतिमा कांग्रेस सभापति शेरबहादुर देउवा निकटका किरण भुषण ओली निर्वाचित भए । क्षेत्र नं २ र ३ को सभापतिमा भने संस्थापन इतरका क्रमश भरत लामिछाने र लालबहादुर दवाडी निर्वाचित भएका छन् ।

क्षेत्र नं १ मा निर्वाचित ओलीले संस्थापन इतरका इन्द्रकमल बुढाथोकीलाई ६८ मतान्तरले पछाडि पारे । ओलीले ४९१ मत प्राप्त गर्दा बुढाथोकीले ४२३ मत प्राप्त गरे । सचिवमा दीपकराज पौडेल र उमेश गिरी, सह-सचिवमा माधवप्रसाद पौडेल र दीपनारायण चौधरी विजयी भए ।

क्षेत्र नं २ मा संस्थापन इतरका लामिछानेले संस्थापन पक्षका निकटतम प्रतिद्वनद्वी लक्ष्मण गुरुङलाई पराजित गरे । लामिछानेले ५३० मत प्राप्त गर्दा गुरुङले ४४५ मत ल्याउन सफल भए । सचिवमा निर्मला लामा र प्रल्हाद उप्रेती र सहसचिवमा कृष्णकुमारी पन्त र सिर्जना बसौला विजयी भए ।

क्षेत्र नं ३ मा पनि संस्थापन इतरकै लालबहादुर दवाडीले निकटतम प्रतिद्धन्दी दामोदर न्यौपानेलाई पराजित गरे । यस क्षेत्रमा सभापतिका लागि पाँच जनाले उम्मेदवारी दिएका थिए । दवाडीले न्यौपानेसहित अमृतबहादुर बानियाँ, जगन्नाथ कँडेल र देवेन्द्र प्रकाश क्षेत्रीलाई पराजित गरेका हुन् ।

कांग्रेसले कारबाही गरेका चितवन कांग्रेसका पूर्व सभापति विकास कोइरालाको सहयोगमा दवाडीले चुनाव जितेको कांग्रेसका स्थानीय नेताहरु बताउँछन् । २०७० सालको संविधान सभाको चुनावका बेला पार्टी सभापति शुसिल कोइरालाले उम्मेदवारी दिएको ठाउँमा उनले बागी उम्मेदवारी दिएका थिए ।

त्यसपछि उनलाई कांग्रेसको केन्द्रिय समितिले अनुशासनको कारबाही गरेको थियो । उनको कारबाही अझै पनि फुकुवा भएको छैन । कारबाही फुकुवा नभए पनि कोइरालाको अझै पनि यस क्षेत्रमा राम्रो पकड रहेको छ ।

सचिवमा सरस्वती पाण्डे र तुलाराम गुरूङ विजयी भए भने सहसचिवमा सृजना अधिकारी र इन्दिरा भुसाल निर्वाचित भए । कांग्रेस जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोखरेलका अनुसार क्षेत्रीय कार्यसमितिमा उपसभापतिबाहेकका पदमा निर्वाचन भएको हो ।

प्रदेश क्षेत्रीय सभापतिमा निर्वाचित नेता प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको उपसभापति स्वतः हुने उनले बताए । महाधिवेशनबाट १८ सदस्यीय प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति बनेको हो । हरेक क्षेत्रबाट महाधिवेशनका लागि २५/२५ जना प्रतिनिधि निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : १८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११