११ श्रावण २०८३, सोमबार | July 28, 2026

शाहको हत्यारालाई कारवाहीको माग गर्दै खलंगामा प्रदर्शन



जाजरकोट । हत्यारालाई कारवाहीको माग गर्दै जाजरकोटमा विरोध प्रदर्शन गरिएको छ । भेरी नगरपालिका-३ स्यालाका १८ वर्षीय प्रकाशजंग शाहको कुटपिटपछि हत्या गरिएको भन्दै दोषीलाई कारवाहीको माग गरी स्थानीय प्रदर्शनमा उत्रिएका हुन् ।

हत्यारालाई कारवाही गर र समाजमा शान्ति सुरक्षा कायम गर भन्दै मंगलबार खलंगा बजार बन्द गरि बजार परिक्रमा गदै जिल्ला प्रशासन कार्यालयमा समेत पुगेर प्रर्दशनकारीले विरोध प्रदर्शन गरेका हुन ।

गहिरो र निष्पक्ष अनुसन्धान हुनपर्ने, हत्यारालाई कानुन बमोजिम सजाय हुनुपर्ने, नागरिकको जीवन रक्षा निश्चित हुनुपर्ने लगायतका माग राख्दै मृतकका आफन्त र स्थानीयले विरोध गरेका हुन् ।

यसअघि विभिन्न मितिमा यहाँका तीन जनाको हत्या हुँदा पनि दोषी पत्ता लाग्न सकेका छैनन् । यो घटना संलग्न पनि उम्किन नपाउन भनेर खवरदारी गरिएको स्थानीय रती नेपालीले बताइन् ।

पश्चिम रुकुम सानीभेरी गाउँपालिका-१ बाम्नीखेतमा लाग्ने मेला हेर्न गएका शाहको गत ३ मंसिरमा हत्या भएको थियो ।

प्रहरीले घटनामा संलग्न संलग्न भएको आरोपमा मेलामा विवाद गर्ने मध्यका भेरी नगरपालिका-१ कोलचौरका सर्जन खत्री, शिवराज परियार र सन्तोष परियारलाई पक्राउ गरेको छ । त्यस्तै भेरी नगरपालिका-१ कालेगाँउका दिनेश केसी र कुशे २ घर भई भेरी १ रावतगाँउ बस्ने केशबहादुर बुढालाई समेत प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु सवैलाई अदालतबाट म्याद थपाएर घटनाबारे अनुसन्धान भैरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी मधुकुमार थापाले बताए । घटनाको प्रकृति, शवको पोस्टमार्ट रिपोर्ट र कलडिटेलका आधारमा अनुसन्धान अघि बढाइने डीएसपी थापाको भनाइ छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ७ : ४५ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला