१६ जेष्ठ २०८३, शनिबार | May 30, 2026

पोस्टमार्टम गर्न लागेका व्यक्तिले हातखुट्टा चलाउन थालेपछि !!!



नयाँ दिल्ली । भारतको उत्तर प्रदेशमा अस्पतालले मृत घोषित गरेका एक व्यक्ति जीवितै देखिएका छन् । एउटा अनौठो घटनामा मृत घोषणा गरेर शवगृहमा राखिएका एक व्यक्तिले सात घन्टापछि हातखुट्टा चलाउन थालेका हुन् ।

रिपोर्टअनुसार मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका श्रीकेश कुमारलाई बिहीबार राती अस्पताल भर्ना गरिएको थियो । उनलाई अस्पताल पु¥याएको केही बेरमा मृत घोषणा गरिएको थियो । भोलिपल्ट उनलाई अस्पतालको शवगृहमा रहेको एउटा फ्रिजमा राखिएको थियो ।

सात घन्टापछि शवको पोस्टमार्टम गर्ने विषयमा पीडित परिवारले एउटा कागजमा हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेर फर्किने क्रममा कुमारकी बुहारी मधु बालाले उनको शरीर चलमलाएको देखेकी थिइन् ।

सो घटनाबारे सार्वजनिक भएको एउटा भिडियोमा बालाले शब देखाउँदै चिच्चाएको सुन्न सकिन्छ । ‘उहाँको मृत्यु भएको छैन् । यो कसरी भयो रु उहाँले केही भन्न खोजिरहनु भएको छ । उहाँले सास फेरिरहनु भएको छ ।,’ कुमारकी बुहारीले भनेकी छिन् ।

मोरादाबादका प्रमुख मेडिकल अधिकृत डा। शिव सिंहका अनुसार चिकित्सकले विरामीलाई भोलिपल्ट बिहान ३ बजे पनि परीक्षण गरेका थिए । त्यतिबेला बिरामीको मुटु चलेको थिएन ।

तर, उज्यालो भएपछि प्रहरीको एउटा समूह र परिवारका सदस्यहरुले उनलाई जीवितै पाएका थिए । सो घटनाबारे अनुसन्धान सुरु भएको छ । सो घटना मेडिकल जगतमै ‘दुर्लभ’ भएको डा। सिंह बताउँछन् ।

४० वर्षीय कुमारको अहिले मेरुटस्थित एउटा स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ । तर, होस भने खुलेको छैन् । लापरबाही गरेको भन्दै पीडित परिवारले अस्पतालविरुद्ध उजुरी गर्ने भएको छ । एजेन्सी

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १२ : ४८ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू