७ मंसिर २०८३, सोमबार | November 23, 2026

नेपाल एयरलाइन्सको स्पष्टीकरण : अनुमतिमै पाइलटले जहाजलाई नेपालगञ्ज अवतरण गराएका हुन्



काठमाडौं । नेपाल वायुुसेवा निगमले निगमको निर्णयअनुसारै रुकुम जाने विमानलाई नेपालगञ्ज अवतरण गराइएको स्पष्ट पारेको छ ।

निमगले बुधबार विज्ञप्ति जारी गरेर मौसम प्रतिकुलताले निर्धारित समयमा जहाज उड्न नसक्दा र अन्तर्राष्ट्रिय नियमअनुसार ड्युटी समयभन्दा बढी पाइलटको काममा लगाउन नसकिने भएकाले रुकुम जाने जहाजलाई नेपालगञ्ज अवतरण गराउने निर्णय गर्नुपरेको स्पष्ट पारेको हो ।

निगमले हिजोको उडान रुकुम जाने योजनामै नरहेको दाबी गरेको छ ।

 

निगमले जारी गरेको विज्ञप्ति

मिति : २०७८ मंसिर ८ गते

काठमाडौं – रुकुम नेपालगन्ज उडान सम्बन्धमा नेपाल वायुसेवा निगमको ध्यानाकर्षण ।

मिति २०७४ मंसिर ५ गतेको लागि तय भएको काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा निगमको ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा सत्यतथ्य विवरण स्पष्ट पार्न चाहान्छौ । आइतबार बिहान ६ः१५ मा उडान हुने जहाजको लागि ५।१५ मा उडान कर्मचारीहरुलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल बोलाइएको थियो तर मौसम प्रतिकुलताका कारण काठमाडौं–स्कुम (सल्ले) उडान हुन नसकेपछि उडान रद्द गरिएको थियो । मौसममा क्रमिक सुधार आएपछि रद्द भएको उडान अपरान्ह २ः१५ बजेको लागि पुनः सञ्चालन गर्ने तालिका तय भयो । त्यसपछि विमान चालक÷परिचारक एवं यात्रुलाई फोन गरेर पुनः विमानस्थल बोलाइयो ।

तर उडान रद्द भएर घर फर्किएका यात्रुहरुलगायत सबैजना आइपुगेर उडान भर्न लाग्दा अपरान्ह २ः ५८ भएको थियो । काठमाडौ–रुकुम (सल्ले) उडान भरिसक्दा अपराह्नको कम्तिमा ५ बज्ने अवस्था थियो । अर्कोतर्फ, बिहान ५ः१५ बजे देखि नै ड्युटी सुरु भएको विमान चालकको ड्युटी आवर ४ बजे पुरा भइसक्ने र तोकिएको ड्युटी आवरभित्र रुकुम पुगेर नेपालगन्ज फकिन असमर्थ हुने अवस्था आएपछि नेपालगन्जसम्म मात्र उडान भर्ने निर्णय भएको थियो ।

हवाइ उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन/नेपाल नागरिक उड्यन प्राधिकरणको उडानसम्बन्धी नियमले पाइलटको फ्लाइट डयूटी अवधि दैनिक १० घण्टाको सिमा निर्धारण गरेको कारण त्यस दिन रुकुम (सल्ले) उडान नगर्ने निर्णय भएको थियो । रुकुम र नेपालगन्ज जाने यात्रुहरुलाई काठमाडौमै राखीरहनु भन्दा नेपालगन्जसम्म पुयाएर रुकुम जाने यात्रुहरुलाई निगमको।नियमानुसार होटलमा राखी भोलिपल्ट विहानै रुकुम पुयाउनु पर्ने अवस्था निगमको बाध्यता र उचित निर्णय पनि थियो। पुनश्चः निगमले मध्ये पश्चिम तथा सूदुर पश्चिम क्षेत्रलाई मध्येनजर गर्दै विगत एक महिनादेखि व्यावसायिक/उद्धार उडान समेत सञ्चालन गर्दै आइरहेको सन्दर्भमा निगमसँग विमानको न्युनताको कारण अर्को दिनको उडान तालिकामा समेत कुनै असर नपुगोस् भन्ने हेतुले अन्तिम विकल्प स्वरुप उक्त निर्णय लिनु परेको हो । विविध प्राविधिक अड्चन तथा अन्य विविध कारणवश् हुन पुगेको यस घटना उप्रान्त दोहोरिन नदिने प्रतिवद्धता जाहेर गर्दछौ।

अर्चना खड्का
संयोजक : मिडिया सेल

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  १ : ०७ बजे

Your email address will not be published.

प्रधानमन्त्री शाहको भारत भ्रमण ऐतिहासिक, द्विपक्षीय सहकार्यमा नयाँ आयाम थपियो : मन्त्री खनाल

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहको भारत राजकीय भ्रमणले नेपाल–भारत सम्बन्धलाई

संयुक्त सैन्य अभ्यासका लागि भारतीय सैनिक टोली नेपालमा

काठमाडौँ । नेपाल र भारतकाबीच हुँदै आएको संयुक्त सैन्य अभ्यास

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाडौं । मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति

झापामा १२ अर्बको पेट्रोलियम पाइपलाइन र भण्डारण टर्मिनल बन्दै

झापा । नेपालको दोस्रो अन्तरदेशीय पेट्रोलियम पाइपलाइन ‘सिलिगुढी–झापा पेट्रोलियम पाइपलाइन

प्रधानमन्त्री शाह स्वदेश फिर्ता

काठमाडौँ । भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी प्रधानमन्त्री वालेन्द्र