४ पुस २०८२, शुक्रबार | December 19, 2025

योगेश भट्टराईले सचिवमा उम्मेदवारी दिने



चितवन । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा एमालेभित्रको समूह भनेकै नेकपा एमाले रहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै भट्टराईले आफू १०औँ महाधिवेशनमा सचिवको उम्मेद्वार रहने र अहिलेनै माथिल्लो पदमा जान नखोजेको बताए ।

उनले भने, “लामो यात्रामा हिँड्दा कहिलेकाहीँ चौतारीमा बस्नुपर्छ । म अहिले चौतारीमा बस्दै छु । सचिव पदमा उठ्ने तयारी गरेको छु ।” उनले अहिलेनै माथिल्लो पदमा जान खेज्नु लुडोमा छिटोछिटो माथि चढेर तल झर्ने सम्भावना भए झै हुने जिकिर गरे ।

एमालेको १०औं महाधिवेशनको तयारी अन्तिमचरणमा पुगेको उनको भनाइ थियो ।

उद्घाटन सत्रका लागि मञ्च व्यवस्थापनको काम र बन्द सत्रका लागि हल निर्माणको काम अन्तिम चरणमा पुगेको भन्दै उनले नारायणी नदी किनारमा गैँडाकोटतर्फ पनि बसेर हेर्नका लागि व्यवस्था गरिएको जानकारी दिए ।

अहिले नेपालको सम्पूर्ण ध्यान चितवन केन्द्रित भएको भन्दै भट्टराईले प्रतिनिधि र नेता चितवन आउने क्रम सुरु भएको जानकारी दिए ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ३ : २८ बजे

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ । यहाँका वारागुङ मुक्तिक्षेत्र-३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका-१