१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बिहीबारदेखि ‘एसिया सेल्टर फोरमको बार्षिक सम्मेलन’



काठमाडौं । आवास तथा बस्तीसम्बन्धी क्षेत्रीय सिकाइ एवं सहकार्यका लागि तेस्रो ‘एसिया सेल्टर फोरमको वार्षिक सम्मेलन’ विहीबारदेखि ललितपुरमा सुरु हुने भएको छ ।

गृह मन्त्रालय तथा यसको मातहत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सहरी विकास मन्त्रालयको नेतृत्वमा एसिया सेल्टर फोरमको प्राविधिक तथा आर्थिक सहयोगमा उक्त सम्मेलन गर्न लागिएको हो ।

यही सङ्सिर ११ गतेसम्म चल्ने सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा विपद्को पुनर्निर्माण तथा पुनस्र्थापनका सम्बन्धमा भए गरेका कार्यहरू सिकाइ एवं अनुभव आदानप्रदान हुने प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले जानकारी दिए ।

उक्त सम्मेलनमा सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था तथा समुदायमा आधारित संस्थामार्फत सहकार्य र सञ्जाल विस्तार गरी जोखिम वर्गमा रहेका घरधुरीका लागि सुरक्षित आवास निर्माणका उपाय पहिचान गरिनेछ ।

यस्तै विभिन्न देशमा हालै भएका विपद्का घटनाबाट सिकिएका पाठ र अनुभवबारे छलफल गरी निष्कर्ष निकाल्ने आवास पुनर्निर्माण तथा पुनस्र्थापना मञ्च नेपालका राष्ट्रिय संयोजक मिनार थापा मगरले जानकारी दिए ।

सम्मेलनमा आवास तथा बस्तीसँग सम्बन्धित राम्रा अभ्यास, सिकाइ, तथा चुनौती एवं नेपालले कार्यान्वयनमा ल्याएका कायक्रमका विषयमा समेत छलफल हुनेछ । सम्मेलनका सबै सत्रमा विगतमा प्राप्त अनुभवको अभिलेखीकरण गर्नाका साथै नेपालमा आवास निर्माणसम्बन्धी हासिल गरेका अभ्यासलाई सुदृढीकरण गर्न बनाइने भावी रणनीतिका विषयमा समेत छलफल हुनेछ ।

सम्मेलनको दोस्रो दिन शुक्रबार प्रस्तुतीकरण, समूहगत छलफल, घटना अध्ययन, खुलासत्रमार्फत आवास तथा बस्तीसँग केन्द्रित प्राविधिक सत्रहरू आयोजना हुनेछ । यसले सरकारलाई आवास तथा बसोबासमा लगानी वृद्धि गर्न पैरवी गर्ने विश्वास लिइएको छ । एसिया प्रशान्त क्षेत्रमा आवाससम्बन्धी अध्ययन गर्ने अध्यता तथा सङ्घसंस्थालाई एक ठाउँमा ल्याई सञ्जाल स्थापना गर्न सहयोग पुग्ने आशा आयोजकको छ ।

उक्त सम्मेलनमा इन्डोनेसिया, बङ्गलादेश, भियतनामका साथै विभिन्न देशमा विपद्पछिको आवास व्यवस्थापनसम्बन्धी काम गर्ने संस्थाका गरी ३० जना विदेशी प्रतिनिधिसहित २०० जनाको प्रत्यक्ष उपस्थिति रहने र भर्चुअल विधिबाट ४०० जना सहभागी रहने जनाइएको छ ।

उक्त सम्मेलनको आयोजक समितिमा सिआरएस नेपाल, अन्तर्राष्ट्रिय रेडक्रम महाङ्घ, अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन, राष्ट्रिय इन्जिनियर सङ्घ, ह्याबिट्याट फर ह्युम्यानिटी इन्टरनेसनल, केयर नेपाल, गैरसरकारी संस्था महासङ्घ, आवास पुनस्र्थापना तथा पुनर्निर्माण समन्वय मञ्च रहेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ४ : ५९ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला