१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउन इन्टरनेट निशुल्क



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो ।

यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका हुन् ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : १७ बजे

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित

धान फल्ने खेतमा फूलखेती

झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क

एनपीएल : जनकपुरलाई दोस्रो जितको लक्ष्य, पोखरालाई पहिलो जितको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने खेलमा

हिमपातपछि डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, हिमपातले उद्धारमा कठिनाइ

सुर्खेत । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे-फोक्सुन्डो क्षेत्रमा भ्रमणका लागि