२९ भदौ २०८३, सोमबार | September 14, 2026

ग्लोबल आइएमई बैंकका ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन चलाउन इन्टरनेट निशुल्क



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ । डिजिटल बैंकिङ्गको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो । यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकहरुलाई उपलव्ध हुनेछ ।

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई नविनतम प्रविधिमा अभ्यस्त गराउँदै बैंक नै आफ्नो हातमा पुर्याउने उद्देश्यका साथ यो आकर्षक योजना सार्वजनिक गरेको हो ।

यो सुविधा प्रदान गर्ने उद्देश्यका साथ ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल टेलिकमबीच समझदारी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंक लिमिटेडको बजार तथा व्यवसाय प्रवद्र्धन प्रमुख शान्ता शिवाकोटी र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यापार अधिकृत संगीता पहाडीले हस्ताक्षर गरेका हुन् ।

बैंकले समय–समयमा यस्ता विभिन्न किसिमका योजनाहरु ल्याई आफ्ना ग्राहकहरुलाई विस्तारित बैंकिङ्गका साथसाथै अन्य सेवाहरु प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : ८ मंसिर २०७८, बुधबार  ९ : १७ बजे

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ

भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने

काठमाडौं । भारत सरकारले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् उपलब्ध

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको