१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता



नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप सुरु भएको छ । नेपाल पौडी संघको प्राविधिक सहयोगमा नेपालगन्ज स्वीमिङ क्लबको आयोजना गरेको प्रतियोगिताको पहिलो दिनमा ३८ वटा व्यक्तिगत र २ वटा रिले इभेन्टमा ललितपुरको सगरमाथा स्वीमिङ क्लबले सबैभन्दा धेरै स्वर्ण जितेर अग्रता लिएको छ ।

४० वटा इभेन्ट सम्पन्न हुँदा सगरमाथा क्लले २४ वटा स्वर्ण मेडल जितेर अग्रता लिएको प्रतियोगिताका प्रमुख रेफ्री विष्णु खड्का क्षेत्रीले जानकारी दिए ।

प्रतियोगितामा नयाँ दिल्ली भारतको इलाइट स्वीमिङ एकेडेमीले १० स्वर्ण जितेर दोस्रो अग्रता लिएको छ । प्रतियोगितामा ललितपुरको रातो बंगला र मपिल क्यानेडिन स्कुल काठमाडौं दुई दुई स्वर्ण जितेर तेस्रो स्थानमा अग्रता र लखनउ भारतको गल्स कलेज र शिखा एकेडेमीका चौथो स्थानमा अग्रता लिएको खड्काले बताए ।

प्रतियोगितामा अन्डर ८ देखि अन्डर १७ तथा ओपन अर्थात १७ वर्ष भन्दा बढी उमेरका खेलाडिहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएको छ । खेलाडीहरुका बिचमा फ्रि स्टाइल, बेष्टस्ट्रोक , ब्याकस्ट्रोक , बटरफ्लाइ , रिले र ब्यक्तिगत मेड्ले गरी ६ छुटटा छुटटै विधाका ८० वटा इभेन्टमा प्रतिस्पर्धा भइरहेको छ ।

आयोजकका अनुसार आइतबार थप ४० इभेन्टमा प्रतियोगिता संचालन हुनेछ । प्रतियोगितामा देशका सबै प्रदेशका साथै भारतको दिल्ली र लखनउबाट १५० जना खेलाडीहरु सहभागी भएका छन् ।

यस अघि नेपालगन्ज उपमहानगरपालिका नगर प्रमुख प्रशान्त विष्टले शनिबार प्रतियोगिताको उद्घाटन गरेका थिए । उदघाटन कार्यक्रममा बोल्दै उपमहानगर प्रमुख विष्टले खेलकुदको विकासका लागि उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए ।

आयोजक क्लव स्वीमिङलाई प्रबद्र्धन गर्ने उद्देश्यले नेपालगन्जमा गठन गरिएको लुम्बिनी प्रदेशकै पहिलो स्वीमिङ क्लब हो ।

प्रकाशित मिति : १४ कार्तिक २०८३, शनिबार  ९ : ५५ बजे

नेपालगन्जमा अन्तर्राष्ट्रिय स्वीमिङ च्याम्पियनसीप, सगरमाथा स्वीमिङ क्लबको अग्रता

नेपालगन्ज । नेपालगन्जमा आजबाट नबिल बैंक तेस्रो नेपालगन्ज अन्तर्राष्ट्रिय स्वीमिङ

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर