१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एमाले महाधिवेशनको तयारी पुरा, प्रतिनिधि र पाहुना आउने क्रम तिब्र



काठमाडौं । एमालेले आफ्नो पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको सम्पुर्ण तयारी पुरा भएको जनाएको छ । नारायणी किनारमा बिहिबार साँझ भएको पत्रकार सम्मेलनमा शुक्रबारदेखि चितवनमा सुरु हुने एमालेको आसन्न १०औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले महाधिवेशनको तयारी पुरा भएको जानकारी दिए ।

एमालेले महाधिवेशनकै उद्घाटनका लागि नारायणी किनारम भव्य मञ्च बनाएको छ । महाधिवेशन स्थलमा मञ्च निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको एमालेले जनाएको छ । यसअघिका महाधिवेशनमा विश्व कम्युनिष्ट आन्दोलनका संस्थापकहरुको तस्विर र नेपाली कम्युनिष्ट आन्दोलनका नेताहरुको फोटोले उदघाटनका मञ्चहरु सजाउने गरिएपनि यसपटक भने गैंडाको मस्कट, बाघ, जरायो, अर्ना भैंसी जस्ता जङ्ली जनावरहरुको तस्विरबाट मञ्चलाई आकर्षण प्रदान गरिएको छ ।

एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सुर्य र हंसिया हतौडा अंकित झण्डाहरुले सिँगारिएको छ । महाधिवेशनको उदघाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जनाउने एमालेको दावी छ । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु चितवन आमउने क्रम जारी छ । चितवनसँग जोडिएको बागमती, गण्डकी र लुम्बिनी प्रदेशबाट मात्र ४ लाख बढी समर्थक उतार्ने एमालेले बताएको छ ।

सत्तारुढ गठबन्धनबाट कुन कुन नेताले सम्बोधन गर्ने भन्ने तय नभएपनि महाधिवेशनलाई प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने तय भएको छ भने सत्ता गठबन्धनकै उपेन्द्र यादव र चित्रबहादुर केसीले पनि सम्बोधन गर्ने निश्चित भएको बताइएको छ । नेकपा एकीकृत समाजवादीलाई एमालेले निम्ता नै गरेको छैन भने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सम्बोधन अझै तय भएको छैन । प्रधानन्त्री देउवा शुक्रबार नै हेलिकप्टरबाट चितवनमा गएर महाधिवेशनलाई सम्बोधन गरि काठमाडौं फर्कने कार्यक्रम तय भएको सुरक्षा श्रोतले जनाएको छ ।

यस्तै जनता समाजवादी पार्टीका अध्यक्ष यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी सहित जनता समाजवादी पार्टी (लोकतान्त्रिक)का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा सहभागीका लागि आजै चितवत पुगिसकेका छन् ।

महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत सहभागीका लागि चितवन पुग्ने क्रम जारी छ ।

एमालेको महाधिवेशनमा सुरुमा १ हजार ९९९ प्रतिनिधिको संख्या तय भएपनि स्थायी कमिटीको पछिल्लो निर्णयबाट दुई हजार १७५ प्रतिनिधिले महाधिवेशनमा सहभागिता जनाउने भएका छन् । यस्तै महाधिवेशनमा १३० पर्यवेक्षक सहभागी हुने भएका छन् । महाधिवेशनले १५ पदाधिकारीसहित २२५ केन्द्रीय कमिटी तथा लेखा र अनुशासन आयोगमा १५र१५ जना निर्वाचित गर्ने छ ।

नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक
एमाले आसन्न १० औँ राष्ट्रिय महाधिवेशनलाई मध्यनजर गर्दै बुटवल–नारायणगढ सडकखण्डमा ठूला सवारीसाधन सञ्चालनमा बिहिबार साँझ बाटै रोक लगाइएको छ । सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै बिहिबार साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेशबाट मात्रै १ लाख बढी कार्यकर्ता महाधिवेशन उद्घाटन कार्यक्रममा सहभागी हुने गरी व्यवस्था मिलाइएको एमालेको दाबी छ ।

पूर्व–पश्चिम भएर आवतजावत गर्ने सवारीसाधनलाई आज साँझदेखि नै रुपन्देही र गैँडाकोटबाट रोक लगाइने छ । आवतजावतमा थप सहजता ल्याउन चार वटै सुरक्षा निकाय (नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेना) का दुई जनाका दरले सम्पर्क अधिकारी तोकेर संयुक्त गस्तीलाई परिचालन गरिएको सुरक्षा श्रोतले जनाएको छ ।

 

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहिबार  ९ : ०५ बजे

खुमबहादुर खड्कालाई भ्रष्टाचारको झुठ्ठो मुद्दामा फसाइयो, उनको योगदान अतुलनीय छ : सभापति देउवा

दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता खुमबहादुर

एन आई सी एशिया बैंकले मनायो सप्ताहव्यापी ‘ग्लोबल मनी विक २०२४’

काठमाडौ । एन आई सी एशिया बैंकले वित्तीय साक्षरता अभिवृद्धि

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत

बुटवल उपमहानगरमा ज्येष्ठ नागरिक र फरक क्षमता भएका व्यक्तिको घरदैलोमा पुगेर स्वास्थ्य परीक्षण

बुटवल । बुटवल उपमहानगरपालिकामा ज्येष्ठ नागरिक र फरक क्षमता भएका

एन आई सी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

काठमाडौ । एन आई सी एशिया बैंकले कोशी प्रदेशमा आयोजना