१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

आजबाट एमालेको १० औ राष्ट्रिय महाधिवेशन : ५ लाख समर्थक चितवन पुग्ने एमालेको दावी



चितवन । नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ। महाधिवेशनको सबै तयारी पूरा भैसकेका एमालेले जनाएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओली शर्मासहित एमालेका सबै नेताहरु बिहीबार मध्यराती सम्म चितवन पुगिसकेका छन् भने महाधिवेशनका प्रतिनिधि तथा उदघाटनसत्रमा सहभागिताका लागि देशभरीबाट एमाले समर्थकहरु चितवन पुग्ने क्रम जारी छ ।

महाधिवेशनका लागि चितवको नारायणगढलाई दुलही झैं सिंगारिएको छ । तुल, ब्यानर, झन्डाले चितवन झकिझकाउ बनेको छ। उदघाटनस्थलमा ध्वजापताकाले राताम्य बनेको छ भने भरतपुरका ठाउँठाउँमा स्वागत गेट बनाएर ब्यानर टाँगिएका छन्। उदघाटन हुने नारायणी किनार देखि बन्दसत्र हुने सौराहा सम्मकै सडकलाई एमालेमय बनाइएको छ । भरतपुर बजार क्षेत्रमा सडकका डिभाइडरमा पनि झन्डा टाँगिएका छन्।

आज दिउँसो १२ बजे नारायणगढको नारायणी नदी किनार मैदानमा महाधिवेशन उद्घाटन कार्यक्रम हुनेछ। उदघाटन समारोहमा देशभरीबाट ५ लाख समर्थक चितवनमा उतार्ने एमालेले दाबी गरेको छ । , ‘नारायणी नदी किनारमा शुक्रबार मानव सागर उर्लनेछ ।’ एमाले प्रचारविभाग प्रमुख योगेश भट्टराईले भने । एमालेले देशभरीबाट झण्डै २ हजार ५ सय सार्वजनिक बस रिजर्भ गरेर समर्थकहरुलाई चितवन उतार्ने तयारी गरेको छ ।

महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पुग्ने निश्चित भएको छ भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, राप्रपाका अध्यक्ष कमल थापा चितवन पुगिसकेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने महाधिवेशनको उदघाटनमा नपुग्ने पक्का जस्तै भएको छ । माओवादी उपनध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार प्रचण्डको यस अघि तय भएको कार्यक्रममा सहभागी हुन जानु पर्ने भएकाले प्रचण्ड र नारायणकाजी श्रेष्ठ महाधिवेशनमा सहभागी नभएर दाेस्रो बरियताको नेतालाई पठाउने तयारी माओवादीले गरिरहेको माओवादी केन्द्र श्रोतले जनाएको छ ।

एमालेले महाधिवेशनमा नेकपा एकीकृत समाजवादीलाई भने निम्तो दिएका छैन ।

सबैजनाले उद्घाटन स्थलमा पुगेर कार्यक्रम हेर्न नसक्ने भएकाे भन्दै गैंडाकोट र नारायणगढ बजारका विभिन्न ठाउँमा डिजिटल बोर्ड राखेर उद्घाटन सत्रका कार्यक्रम हेर्न सक्ने व्यवस्था मिलाइएको प्रचार विभाग प्रमुख भट्टराईले बताए। उद्घाटन स्थलमा पाँच हजार स्वयंसेवक परिचालन गरिने एमालेले जनाएको छ। उनीहरू सडक र मञ्च आसपास आवश्यक व्यवस्थापनका लागि खटिनेछन्।

महाधिवेशन बन्द सत्रमा मनोनीत एक सय ६ सहित दुई हजार एक सय ७५ जनाप्रतिनिधि र एक सय तीनजना पर्यवेक्षक सहभागी हुनेछन्। महाधिवेशनको उदघाटनमा विभिन्न देशका प्रतिनिधि उपस्थित भएर शुभकामना व्यक्त गर्नेछन् भने सफलताको शुभकामनासहित चिनियाँ कम्युनिस्ट पार्टीको भिडियो सन्देश आइसकेको भट्टराईले बताए।

महाधिवेशनमा सहभागी हुने प्रतिनिधि र पर्यवेक्षकका एमालेले चितवनका तीन हजार पाँच सय बेड बुक गरिसकेको जनाएको छ ।

शुक्रबार उदघाटनसत्र सकेर बन्द सत्रका लागि एकाले नेता तथा महाधिवेशन प्रतिनिधिहरु शनिबार बिहान ८ः३० बजे सौराहा पुग्ने छन् । शनिबार साँझ ६ः३० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने छ । शनिबार साँझ नै अध्यक्ष ओलीले महाधिवेशन प्रतिनिधिहका लागि अध्यक्षको तर्फबाट रात्री भोजको आयोजना गरेका छन् । नयाँ नेतृत्व चयनमा केन्द्रीत गरिएको महाधिवेशनमा १ सय इलेक्ट्रोनिक मतदान मेसिनबाट प्रतिनिधिहरुले मतदान गर्ने व्यवस्था मिलाईएको छ । प्रतिनिधिहरुलाई शनिबार नै मतदानको तरीका सिकाउने एमालेले व्यवस्था मिलाएको छ । महाधिवेशनपछि एमालेले पार्टीलाई स्थानीय, प्रदेश र संघीय चुनावमा केन्द्रित गराउने महाधिवेशन प्रचार समिति संयोजक योगेश भट्टराईले जानकारी दिए ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ७ : ४५ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना