२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले १० औं महाधिवेशन : केन्द्रीय सदस्यमा युवाको वर्चश्व, आउलान् त ३० प्रतिशत नयाँ अनुहार ?



काठमाडौं । नेकपा (एमाले)को दशौँ महाधिवेशन आजबाट चितवनमा सुरु हुँदैछ । महाधिवेशनबाट २ सय २५ सदस्यीय केन्द्रीय कमिटी चयन हुँदैछ । केन्द्रीय सदस्यको उम्मेदवारीमा यसपालि युवाको वर्चश्व हुने देखिएको छ ।

पार्टीको भ्रातृ संगठन युवा संघ नेपाल, अनेरास्ववियु, खेलकुद महासंघमा रहेका युवाले केन्द्रीय सदस्यमा दाबी गरेका छन् । पार्टीभित्र ३० प्रतिशत नयाँ अनुहार आउने चर्चा भइरहेका बेला युवा केन्द्रीय कमिटीमा आउन खोजेका हुन् ।

जसमा अनेरास्ववियु अध्यक्ष सुनिता बराल, गण्डकी प्रदेश सांसद एवं युवा संघ पूर्वअध्यक्ष राजीव पहारी, खेलकुद महासंघका अध्यक्ष एवं युवा संघका पूर्वअध्यक्ष रमेश पौडेल, अनेरास्ववियु पूर्वअध्यक्ष नवीना लामा, अनेरास्ववियु पूर्वउपाध्यक्ष रश्मी आचार्य, पूर्वअध्यक्ष ऐन महर, जाजरकोट जिल्ला कमिटी सचिव सीपी घर्तीलगायतले केन्द्रीय सदस्य पदमा दाबी गरेका छन् ।

त्यसैगरी, केन्द्रीय लेखा आयोग सदस्यमा ईञ्जिनियरतर्फ सञ्जीव रोकाहाले दाबी गरेका छन् । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईकाअनुसार उम्मेदवारीमा यसपालि युवाको वर्चश्व छ ।

३० प्रतिशत युवा ल्याउनुपर्ने अभियान चलाइरहेका नेता हिरा केसी यसपालि पदाधिकारीदेखि केन्द्रीय समितिसम्म युवाको प्रतिनिधित्व बढ्ने बताउँछन् । केन्द्रीय कमिटीमा चार कार्यकालपछि अनिवार्य अवकाशको प्रस्ताव गरेका केसीको युवा समूहले यसै महाधिवेशनबाट यो प्रावधान लागू गरेर केन्द्रीय कमिटीमा युवा प्रतिनिधित्व गराउन प्रयत्न गरिरहेको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ३७ बजे

‘मन्त्रीको हेलिकोप्टर उडिरह्यो, नागरिक डुबिरहे’ : कर्णाली दुर्घटनाबारे ज्ञानेन्द्र शाहीको आक्रोश

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले

धुलिखेल-खावा सडकखण्ड रातको समयमा बन्द नगरिने

काभ्रेपलाञ्चोक । वर्षात्का कारण निर्माणमा समस्या आउने भएकाले अरनिको राजमार्गअन्तर्गत

पशु प्रजनन कार्यालयबाट घाँसको बीउ उत्पादन

खजुरा । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन कार्यालयले

सुनौली नाकामा यात्रुलाई हैरानी दिने ४ जना प्रहरी नियन्त्रणमा

बुटवल । नेपाल भारत सीमाको सुनौली नाकामा यात्रुहरुलाई दुःख हैरानी

सुनको मूल्य केही घट्यो, आज प्रतितोला ९०० रुपैयाँ सस्तो

काठमाडौं । नेपाली बजारमा साताको दोस्रो कारोबार दिन सुन तथा