२२ असार २०८३, सोमबार | July 6, 2026

काँग्रेसमा युवाहरुको आकर्षण बढ्दो



काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ ।

विभिन्न जिल्लामा सम्पन्न वडा तहको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवालाई नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले प्रतिनिधि छनोटका क्रममा अघिल्ला महाधिवेशनभन्दा यस पटक युवाको प्रतिनिधित्व वृद्धि भएको बताए ।

महाधिवेशन प्रतिनिधिको नतिजा आउने क्रम जारी रहँदा २५ वर्षभन्दा कम उमेरका युवा उषा सापकोटा, सुल्तान मियाँ, पूजा फुयाल, राज थेबे, एलिजा ढकाल र सुशान्त आचार्य निर्वाचित भएका छन् ।

बागलुङको काठेखोला गाउँपालिकाकी सापकोटा २०६१ साल साउन १० गते जन्मिएकी उषा सापकोटा गण्डकी प्रदेशको अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा विजयी भएकी छन् । सापकोटाले कुल ४६३ मध्ये २८६ मत पाएकी थिईन् । उनले लाखौँ युवाको प्रतिनिधित्व गर्दै युवाका आवाजलाई उठान गर्न र समृद्धिको कार्यमा युवाको प्रतिनिधित्व बढाउने सन्देशका रूपमा आफ्नो जितलाई लिएको प्रतिक्रिया दिईन् ।

यसैगरी सुल्तान मियाँ बागमती प्रदेशको अधिवेशनका लागि काठमाडौँ क्षेत्र नं। ७ बाट निर्वाचित भएका छन् । २०५७ माघ १० गते गोरखामा जन्मिएका मियाँले भने, “राजनीतिमा युवाको उपस्थितिले पार्टीसँगै सिङ्गो देशको रूपान्तरणका लागि सहयोग पु(याउँछ ।”

पूजा फुयाल काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । सोलुखम्बु जिल्लाको नेचा–सल्यान गाउँपालिका–३ की फुयाल २०५६ सालमा जन्मिएकी हुन् । उनले नेपाली काँग्रेसभित्र रूपान्तरणको बहस चल्दा युवाको सहभागिता बढेको प्रतिनिधि छनोटको निर्वाचनले पुष्टि गरेको बताईन् ।

यस्तै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ मा २०५३ साल असार १ गते जन्मिनुभएका राज थेबे पनि सोही जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । उनले भने, “१४औँ महाधिवेशनमा हाम्रो पुस्ताका युवाको उपस्थिति निकै ठूलो मात्रामा देखिएको छ । अब काँग्रेसमा जागरण आउनेछ ।”

यसैगरी एलिजा ढकाल नेविसङ्घकी निवर्तमान केन्द्रीय सदस्य हुन् । २०५० साल जेठ २२ गते तनहुँको चुँदीरम्घा नगरपालिकामा जन्मिएकी ढकाल तनहुँ प्रदेश सभा १ ‘क’ बाट ५३१ मतदातामध्ये सबैभन्दा बढी २८२ मत प्राप्त गरी गण्डकी प्रदेश प्रतिनिधिमा निर्वाचित भईन् । उनले भनिन्, “देशको समृद्धि र रूपान्तरण काँग्रेसको मुद्दा हो । यो मुद्दालाई स्थापित गर्न र समृद्धिको राष्ट्रिय अठोटलाई साकार पार्न युवाको नेतृत्व आवश्यक छ ।”

वि.सं. २०७२ मा नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सुशान्त आचार्य काठमाडौँ क्षेत्र नं. ७ बाट बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । २०५६ वैशाख १४ गते जन्मिएका आचार्यले १४औँ महाधिवेशन काँग्रेसको मात्रै नभई समग्र देशकै आमूल परिवर्तन, आर्थिक विकास, समानता र समतामूलक समाज निर्माण गर्न कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। यो समाचार गोरखापत्र अनलाईनमा छापिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ११ बजे

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी

संविधान संशोधनका नाममा सङ्घीयतामाथि हस्तक्षेप नगर्न सांसद आर्यन राईको चेतावनी

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद आर्यन राईले संविधान संशोधनका

रुपन्देहीमा ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’ कार्यक्रम सुरु

बुटवल । रुपन्देही प्रहरीले सूचना प्रविधिमा आधारित ‘स्मार्ट प्रहरी–सुरक्षित समुदाय’