२१ मंसिर २०८२, आइतबार | December 7, 2025

काँग्रेसमा युवाहरुको आकर्षण बढ्दो



काठमाडौँ । नेपाली काँग्रेसको १४औँ महाधिवेशनअन्तर्गत विभिन्न चरणका अधिवेशन चलिरहँदा युवाको सहभागिता देशभरि उत्साहजनक रूपमा देखिएको छ । काँग्रेसको वडा नेतृत्वदेखि केन्द्रीय महाधिवेशन प्रतिनिधिसम्मको निर्वाचन हुँदै गर्दा युवाको उल्लेख्य प्रतिनिधित्व देखिएको छ ।

विभिन्न जिल्लामा सम्पन्न वडा तहको अधिवेशनमा ३० वर्षभन्दा कम उमेरका युवालाई नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । काँग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले प्रतिनिधि छनोटका क्रममा अघिल्ला महाधिवेशनभन्दा यस पटक युवाको प्रतिनिधित्व वृद्धि भएको बताए ।

महाधिवेशन प्रतिनिधिको नतिजा आउने क्रम जारी रहँदा २५ वर्षभन्दा कम उमेरका युवा उषा सापकोटा, सुल्तान मियाँ, पूजा फुयाल, राज थेबे, एलिजा ढकाल र सुशान्त आचार्य निर्वाचित भएका छन् ।

बागलुङको काठेखोला गाउँपालिकाकी सापकोटा २०६१ साल साउन १० गते जन्मिएकी उषा सापकोटा गण्डकी प्रदेशको अधिवेशनका लागि प्रदेश प्रतिनिधिमा विजयी भएकी छन् । सापकोटाले कुल ४६३ मध्ये २८६ मत पाएकी थिईन् । उनले लाखौँ युवाको प्रतिनिधित्व गर्दै युवाका आवाजलाई उठान गर्न र समृद्धिको कार्यमा युवाको प्रतिनिधित्व बढाउने सन्देशका रूपमा आफ्नो जितलाई लिएको प्रतिक्रिया दिईन् ।

यसैगरी सुल्तान मियाँ बागमती प्रदेशको अधिवेशनका लागि काठमाडौँ क्षेत्र नं। ७ बाट निर्वाचित भएका छन् । २०५७ माघ १० गते गोरखामा जन्मिएका मियाँले भने, “राजनीतिमा युवाको उपस्थितिले पार्टीसँगै सिङ्गो देशको रूपान्तरणका लागि सहयोग पु(याउँछ ।”

पूजा फुयाल काँग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएकी छिन् । सोलुखम्बु जिल्लाको नेचा–सल्यान गाउँपालिका–३ की फुयाल २०५६ सालमा जन्मिएकी हुन् । उनले नेपाली काँग्रेसभित्र रूपान्तरणको बहस चल्दा युवाको सहभागिता बढेको प्रतिनिधि छनोटको निर्वाचनले पुष्टि गरेको बताईन् ।

यस्तै ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–२ मा २०५३ साल असार १ गते जन्मिनुभएका राज थेबे पनि सोही जिल्लाबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए । उनले भने, “१४औँ महाधिवेशनमा हाम्रो पुस्ताका युवाको उपस्थिति निकै ठूलो मात्रामा देखिएको छ । अब काँग्रेसमा जागरण आउनेछ ।”

यसैगरी एलिजा ढकाल नेविसङ्घकी निवर्तमान केन्द्रीय सदस्य हुन् । २०५० साल जेठ २२ गते तनहुँको चुँदीरम्घा नगरपालिकामा जन्मिएकी ढकाल तनहुँ प्रदेश सभा १ ‘क’ बाट ५३१ मतदातामध्ये सबैभन्दा बढी २८२ मत प्राप्त गरी गण्डकी प्रदेश प्रतिनिधिमा निर्वाचित भईन् । उनले भनिन्, “देशको समृद्धि र रूपान्तरण काँग्रेसको मुद्दा हो । यो मुद्दालाई स्थापित गर्न र समृद्धिको राष्ट्रिय अठोटलाई साकार पार्न युवाको नेतृत्व आवश्यक छ ।”

वि.सं. २०७२ मा नेविसङ्घबाट राजनीतिक यात्रा प्रारम्भ गरेका सुशान्त आचार्य काठमाडौँ क्षेत्र नं. ७ बाट बागमती प्रदेश प्रतिनिधिमा निर्वाचित भएका छन् । २०५६ वैशाख १४ गते जन्मिएका आचार्यले १४औँ महाधिवेशन काँग्रेसको मात्रै नभई समग्र देशकै आमूल परिवर्तन, आर्थिक विकास, समानता र समतामूलक समाज निर्माण गर्न कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे। यो समाचार गोरखापत्र अनलाईनमा छापिएको छ ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ९ : ११ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल