२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

घनश्याम भुसालले गरे उपाध्यक्षमा उम्मेदवारीको घोषणा



चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भुसालले महाधिवेशन स्थल चितवनबाटै आफ्नो दाबी उपाध्यक्षमा रहेको जनाएका हुन् ।

१० बुँदे सहमतिका आधारमा एमालेमा अडिएका १० नेता मध्यका भिम रावलले यस अघिनै अध्यक्षमा उम्मेदवारी घोषणा गरेकाले अघोषितरुपमा प्यानलका लागि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आँकलन गरिएपनि उनले चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । सो समूहबाट अष्टलक्ष्मी शाक्यले वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने सम्भावना रहेको छ ।

आज शुक्रबार नारायणी किनारमा उद्घाटन भएको एमालेको महाधिवेशनको भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको पूर्व सँध्यामा एमाले अध्यक्ष केपी ओलीले एमाले कन्द्रीय कमिटीको अन्तिम बैठक बोलाएका छन् । सौराहस्थित जंगल क्राउन होटेलमा ८ बजेदेखि बसेको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत नेतृत्वको अभ्यास गर्ने अनुमान गरिएको छ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान हुनेछ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ४६ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्