२२ फाल्गुन २०८२, शुक्रबार | March 6, 2026

आज भ्यालेन्टाइन डे



काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात् प्रणय दिवस । प्रेम र आत्मीयता साटासाट गर्ने विशेष दिनका रूपमा यो दिवस मनाइन्छ । यस अवसरमा प्रेमजोडीले एकअर्कालाई उपहार आदानप्रदान गर्दै माया व्यक्त गर्ने गर्दछन् । युवायुवतीका लागि मन परेको व्यक्तिसामु प्रेम प्रस्ताव राख्ने अवसरका रूपमा पनि यो दिन महत्वपूर्ण मानिन्छ ।

विश्वका विभिन्न देशमा फेब्रुअरी १४ तारिखमा भ्यालेन्टाइन डे मनाउने परम्परा छ । नेपालमा पनि पछिल्ला केही वर्षयता यो दिवस विशेषगरी सहरी क्षेत्रमा लोकप्रिय बन्दै गएको छ । युवापुस्ताले यसलाई प्रेमसम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिने गरेका छन् ।

यस दिन प्रेमी-प्रेमिकाले एकअर्कालाई रातो गुलाब र मनपर्ने उपहार दिँदै माया साटासाट गर्छन् । ‘Will you be my Valentine?’ भन्ने वाक्यांश आजको दिन विशेष रूपमा प्रयोग गरिन्छ । प्रेमको प्रतीक मानिने रातो गुलाबमार्फत ‘Happy Valentine’s Day’ र ‘I love you’ भन्दै भावना व्यक्त गर्ने चलन व्यापक छ ।

वर्षौंसम्म व्यक्त गर्न नसकिएका भावनासमेत एउटा गुलाबको फूलले प्रतिनिधित्व गर्न सक्छ भन्ने विश्वास युवापुस्तामा देखिन्छ । भ्यालेन्टाइन डेले प्रेमलाई औपचारिक रूपमा अभिव्यक्त गर्ने अवसर प्रदान गरेको छ ।

भेट्न सम्भव भए प्रत्यक्ष भेटघाट, गुलाब र उपहारमार्फत प्रेम प्रकट गरिन्छ भने टाढा रहेका जोडीले प्रविधिको सहाराले शुभकामना आदानप्रदान गर्दै यो दिवस मनाउने गरेका छन् । प्रेम, विश्वास र आत्मीयताको सन्देश फैलाउने दिनका रूपमा भ्यालेन्टाइन डे मनाइँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०८२, शनिबार  ७ : ५३ बजे

बाँके ३ मा रास्वपाको अग्रता कायम

नेपालगन्ज । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बाँकेको ३ नम्बर निर्वाचन क्षेत्रमा

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल १३ हजार २७१ मतको फराकिलो अन्तरसहित अग्रस्थानमा

बुटवल । रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा

शेरबहादुर देउवाको जिल्ला डडेल्धुरामा रास्वपाका जोशीको अग्रता

डडेल्धुरा । डडेल्धुरा प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका

गुल्मी-२ मा एमालेका गोकर्ण विष्टको सुरुवाती अग्रता

गुल्मी । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नम्बर

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत झापा निर्वाचन क्षेत्र नम्बर ५