१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

घनश्याम भुसालले गरे उपाध्यक्षमा उम्मेदवारीको घोषणा



चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । भुसालले महाधिवेशन स्थल चितवनबाटै आफ्नो दाबी उपाध्यक्षमा रहेको जनाएका हुन् ।

१० बुँदे सहमतिका आधारमा एमालेमा अडिएका १० नेता मध्यका भिम रावलले यस अघिनै अध्यक्षमा उम्मेदवारी घोषणा गरेकाले अघोषितरुपमा प्यानलका लागि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आँकलन गरिएपनि उनले चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । सो समूहबाट अष्टलक्ष्मी शाक्यले वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने सम्भावना रहेको छ ।

आज शुक्रबार नारायणी किनारमा उद्घाटन भएको एमालेको महाधिवेशनको भोलि सौराहमा बन्दसत्र सुरु हुनेछ । बन्दसत्रको पूर्व सँध्यामा एमाले अध्यक्ष केपी ओलीले एमाले कन्द्रीय कमिटीको अन्तिम बैठक बोलाएका छन् । सौराहस्थित जंगल क्राउन होटेलमा ८ बजेदेखि बसेको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत नेतृत्वको अभ्यास गर्ने अनुमान गरिएको छ । निर्वाचन समितिका अनुसार भोलि नै उम्मेदवारी दर्ता हुनेछ भने पर्सि मतदान हुनेछ।

प्रकाशित मिति : १० मंसिर २०७८, शुक्रबार  ८ : ४६ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर