४ पुस २०८२, शुक्रबार | December 19, 2025

विचारलाई निषेध गरिएको कुम्भ मेलासँग हाम्रो तुलना हुन सक्दैन : प्रचण्ड



काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमालेको १०औं महाधिवेशनलाई कुम्भमेलाको संज्ञा दिएका छन् ।

पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै उनले एमालेको महाधिवेशनमा विचारलाई निषेध गरिएको बताए । ‘तपाईहरूले देख्नु नै भएको छ कुम्भमेलामा विचारलाई कुनै महत्व नै छैन । यसरी पनि महाधिवेशन हुने रहेछ । हाम्रो राष्ट्रिय सम्मेलन अरु पार्टीको महाधिवेशनसँग तुलना नै हुन सक्दैन,’ प्रचण्डले भने ।

माओवादी केन्द्रको पालिका सम्मेलनको तयारी र पार्टीको पुर्वनिर्धारित कार्यक्रममा जानुपर्ने भएकाले प्रचण्ड एमालेको चितवनमा सुरु भएको महाधिवेशनमा शुभकामना गर्न गएका थिएनन् । माओवादी केन्द्रबाट नेता लीलामणि पोखरेलले एमालेको महाधिवेशनलाई सम्बोधन गर्दै शुभकामना दिएका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र संगठनलाई पुनर्गठित गर्दै अघि बढेको बताएका छन् । पार्टीको सात सय ५३ पालिका सम्मेलनलाई शनिबार दिउँसो सम्बोधन गर्दै उनले अब पार्टी सशक्त रूपमा अघि बढ्ने र क्रान्तिकारी धारमा अघि बढ्ने बताए ।

मार्क्सवाद, लेनिनवाद र माओवादीलाई आत्मसात गर्दै सोही विचारधाराअनुसार सबैलाई अघि बढ्न प्रचण्डले निर्देशन दिए । उनले नेकपाकालपछि पार्टीलाई पुनः अघि बढाउँदा नेताहरूमा क्रान्तिकारिता नदेखिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

आगामी राष्ट्रिय सम्मेलनबाट पार्टी नयाँ ढंगले अघि बढ्ने र समाजवादी आन्दोलनलाई अघि बढाउने उनले विश्वास व्यक्त गरे । उनले पार्टीमा बहस चलाउन पनि आग्रह गरे । राष्ट्रिय सम्मेलनलाई वैचारिक सम्मेलन बनाउन पार्टी हेडक्वार्टरलाई सुझाव दिन अपिल गरे ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  २ : ११ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा