२२ असार २०८३, सोमबार | July 6, 2026

विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न भनेपछि तात्तिए भिम रावल



चितवन । नेकपा एमालेको बन्दसत्रमा नेता भीम रावल आक्रोसित बनेका छन् । एमाले नेता विष्णु पौडेलले उम्मेदवारी दिन पाइन्न, विधानभन्दा दायाबाया हुँदैन भनेपछि नेता रावल आक्रोसित बनेका थिए ।

पौडेलले उम्मेदवारी दिन विधानले नै नदिने तर्क गरेपछि रावलले असन्तुष्टि जनाएका थिए । उनले विधानले उम्मेदवारी दिन नपाइने उल्लेख नगरेको भन्दै आफू उम्मेदवारबाट पछि नहट्ने बताएका थिए ।

रावल रन्किएपछि ईश्वर पोखरेलले सबैले उम्मेदवारी दिन पाइने भन्दै थमथम्याएका थिए । उनले विधान भन्दा दाँयाबायाँ नहुने बताएका थिए ।

बन्दसत्र चलेको तीन घन्टा बोलेका ओलीले नेताहरूबीच विवाद भएपछि रावललाई सान्त्वना दिँदै महाधिवेशन विधान अनुसार नै हुने बताएका थिए ।

ुविधानअनुसार सबैलाई अधिकार रहन्छ । जबरजस्ती सहमति गरिँदैन । जबज पास भएकै महाधिवेशनबाट केन्द्रीय कमिटी सर्वसम्मत चुनिएको थियो । उम्मेदवारी बन्ने कसैको अधिकार खोसिँदैनु, ओलीले भने ।

ओलीले ठट्टा गर्दै रावललाई मनोनयन नै नभएको अवस्थामा कसरी उम्मेदवारी फिर्ता लिनुहुन्छ भनेका थिए । धेरै आकांक्षी देखिएपछि ओलीलाई सबै नेताहरूको व्यवस्थापनमा समस्या भइरहेको छ ।

यहीबीच रावलले उम्मेदवारी फिर्ता नलिने अडान कायमै राखेसँगै सर्वसम्मत नेतृत्व छनोट हुने सम्भावना पनि कम रहेको छ ।

यसका साथै आजको बन्दसत्र सकिएको छ । ओलीले भोली १० बजे सबैलाई उपस्थित हुन निर्देशन दिएका छन् । अब भोलीका कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने छन् ।

बन्दसत्रले शुक्रबारको केन्द्रीय कमिटीबाट भएको पदाधिकारी थप्ने निर्णय पनि अनुमोदन गरेको छ ।

शुक्रबारको बैठकले ३०१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको थियो । यसअघि केन्द्रीय कमिटी २२५ सदस्यीय थियो । बैठकले पोलिटब्युरो ब्युँताउने निर्णयसमेत गरेको थियो । जसमा ९९ जना सदस्य रहनेछन् । गत असोजमा भएको विधान महाधिवेशनले पोलिटब्युरो हटाएको थियो ।

प्रकाशित मिति : ११ मंसिर २०७८, शनिबार  ९ : ४७ बजे

संविधानका आधारभूत संरचनालाई यथावत राख्नुपर्छ : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज (साम्पाङ)राईले संविधानका आधारभूत

पोर्चुगल र स्पेन विश्वकपमा तेस्रो पटक भिडदैँ, यस्तो छ बिगत

काठमाडौं । क्रिस्टियानो रोनाल्डोको पोर्चुगलले सन् २०२६ को फिफा विश्वकपको

भीष्मराज आङ्देम्बेले प्रधानमन्त्रीलाई भने – ‘भाइरल होइन, संसद्प्रति उत्तरदायी बन्नुस्’

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता

संसद्मा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभामा सांसदहरूले उठाएका समसामयिक तथा

लागुऔषध र मानव बेचबिखनविरुद्ध सबै एकजुट हुनुपर्छ : उपत्यका प्रहरी प्रमुख राठौर

काठमाडौँ । काठमाडौँको गोङ्गबुस्थित नयाँबसपार्कमा ‘मानव बेचबिखन र लागुऔषधविरुद्ध सप्ताहव्यापी