६ पुस २०८२, आइतबार | December 21, 2025

सामान्य विवाद हुदा बझाङमा एक पुरुषको मृत्यु



बझाङ । बझाङमा समान्य विवाद हुदा एक जनाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नँ ७ ज्वाडाका ४७ वर्षीय पिरु भण्डारीको मृत्यु भएको हो ।

सोही वडाका २३ वर्षीय दिपेन्द्र थापासँग सामान्य विवाद हुदा धकेलाधकेल भएको र भण्डारी घाइते भएपछि अस्पताल ल्याइएको थियो । भण्डारीको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी प्रमुख ज्ञान वहादुर विष्टले बताए । घटनामा संलग्न दिपेन्द्र थापालाई हिजो राति नै पक्राउ गरी प्रहरी हिरासतमा राखिएको छ ।

मृतकको शव जिल्ला अस्पताल बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १० : ०१ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र