९ भदौ २०८३, मंगलबार | August 25, 2026

गुल्मीमा देउवा पक्षको आक्रोश : छापामार शैलीको निर्वाचन प्रक्रिया मान्दैनौं



गुल्मी । सभापति शेरबहादुर देउवा पक्षले गुल्मी कांग्रेस जिल्ला अधिवेशन छापामार शैलीमा गरिएको भन्दै निर्वाचन प्रक्रिया स्थगित गरेर पुनः मतदानको माग गरेको छ ।

मुसिकोट मतदान केन्दको मतपत्रमा संकेत भेटिएपछि शनिबार दिउँसोबाट मतदान रोकिएको छ । निर्वाचन मण्डलले आइतबार बिहान ९ बजेबाट पुनः मतदान गर्ने जनाएका बेला देउवा पक्षका उमेदवारले पूरै निर्वाचन प्रक्रिया स्थगित गरेर अर्को निर्वाचनको माग गरेका छन् ।

एभरग्रिन पार्टी प्यालेसमा पत्रकार सम्मेलन गर्दै सभापतिका उमेदवार वेदबहादुर थापा मगरले मतदाता प्रभावित पार्न फोटासहितको प्रचार सामग्री वितरण गरेको, मतदातालाई डरधम्की दिइएको, पार्टीको विधानिवपरीत बंग्याएर मतपत्रमा नभएको क्रम संख्या राखिएको, अर्धकट्टीमा नाम र क्रम संख्या राखेर कब्जा गर्ने रणनीतिका साथ अगाडि बढाइएको निर्वाचन प्रक्रिया आफूहरूलाई मान्य नहुने बताए ।

‘क्षेत्रमा पनि मनोमानी चल्यो । अहिले पनि निर्वाचन मण्डल र निर्वतमान कार्यसमितिको योजनामा मतपत्र दुरुपयोग गरियोे,’ उनले भने, ‘छापामार शैली स्विकार्य छैन । मतदान नरोकिए प्रतिवाद गर्छौ ।’ उनले आफूहरूलाई जानकारी नगराइकनै मनोमानी ढंगले पुनस् मतदानको मिति तय गरिएको भन्दै निर्वाचन मण्डलको पनि कडा आलोचना गरे । पौडेल पक्षका नेताहरूले भने वेद मगरको प्यानलले निर्वाचनको परिणाम स्विकार गर्न नसकेको तर्क गर्दै आएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  १२ : ५४ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै