१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

अस्ट्रेलियामा पनि देखियो ओमिक्रोन भेरियन्ट



सिड्नी । अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।

त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ३ : ३० बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम