४ पुस २०८२, शुक्रबार | December 19, 2025

काँग्रेस बाँकेको जिल्ला अधिवेशन मंसिर १५ पछि गर्ने गरि स्थगित



नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार (आज) बेलुकी बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत यही मिति २०७८ मंसिर १३ गतेका दिन उम्मेदवारी मनोनयन तथा मिति २०७८ मंसिर १४ गतेका दिन मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन मिति २०७८ मंसिर १५ गतेदेखी प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान÷मत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भन्दै अधिवशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन÷निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको हो ।

बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक रेवतीरमण भट्टराई, समितिका सह–संंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : १६ बजे

राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो

त्रिभुवन विश्वविद्यालयको ५९औँ दीक्षान्त समारोह पुस १० गते दशरथ रंगशालामा हुँदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्नो ५९औँ दीक्षान्त समारोह

थुनामुक्त भएपछि रवि लामिछाने पार्टी नेतृत्वमा फर्किने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने थुनामुक्त

पार्टीभित्रका असन्तुष्टि सार्वजनिक सञ्चार माध्यममा नपोख्न अध्यक्ष ओलीको निर्देशन

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा