३१ आश्विन २०८३, शनिबार | October 18, 2026

काँग्रेस बाँकेको जिल्ला अधिवेशन मंसिर १५ पछि गर्ने गरि स्थगित



नेपालगन्ज । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुन गइरहेको बाँके जिल्लाको निर्वाचन स्थगित भएको छ । जिल्ला निर्वाचन परिचालन समितिका संयोजक एवम् निर्वाचन अधिकृत(वरिष्ठ अधिवक्ता) रेवतीरमण भट्टराईको अध्यक्षतामा आइतबार (आज) बेलुकी बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो ।

बाँके जिल्लाको जिल्ला स्तरिय निर्वाचन अन्तर्गत यही मिति २०७८ मंसिर १३ गतेका दिन उम्मेदवारी मनोनयन तथा मिति २०७८ मंसिर १४ गतेका दिन मतदान गर्ने भनि निर्वाचन कार्यतालिका प्रकाशन गरिएकोमा लुम्बिनी प्रदेशको प्रदेश अधिवेशन मिति २०७८ मंसिर १५ गतेदेखी प्रारम्भ हुन गइरहेको सन्दर्भमा मंसिर १४ गते प्राविधिक एवम अन्य कारणबाट निर्वाचन मतदान÷मत गणना सम्पन्न हुन नसकेमा प्रदेश स्तरिय अधिवेशन निर्वाचनमा बाँके जिल्लाका प्रदेश सभा अधिवेशन प्रतिनिधीहरुको सहभागितामा प्रतिकुल प्रभाव पर्न जाने भन्दै अधिवशन स्थगित गरिएको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार केन्द्रिय निर्वाचन समितिको निर्देशन अनुसार प्रदेश अधिवेशन÷निर्वाचन सम्पन्न भए पश्चात केन्द्रिय निर्वाचन समितिको प्राप्त हुने निर्देशन अनुसार निर्वाचन प्रक्रिया सुरुवात गर्ने गरी हाल बाँके जिल्लाको निर्वाचन स्थगित गर्ने निर्णय गरिएको हो ।

बैठकमा जिल्ला निर्वाचन परिचालन समिति बाँकेका संयोजक रेवतीरमण भट्टराई, समितिका सह–संंयोजक एवम् सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाही, समितिका सदस्यहरु भोलासिंह हमाल, ईश्वरीप्रसाद ज्ञवाली, बिरेन्द्र यादव, अर्जुन ओली, प्रकाश लामिछाने र मेहरसिंह खत्रीको उपस्थिती रहेको थियो ।

 

प्रकाशित मिति : १२ मंसिर २०७८, आइतबार  ११ : १६ बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा