२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एमाले महाधिवेशनमा चुनाव हुने बाटो खुल्यो, निर्वाचन कार्यतालिका सार्वजनिक



चितवन । नेकपा एमालेमा नेतृत्व चयनमा चुनाव हुने बाटो खुलेको छ ।

बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्तुत गर्ने अधिकार दिए पनि एमालेको निर्वाचन समितिले आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।

एमालेको अध्यक्षमा डा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले दाबेदारी गरेका छन् ।

एकातिर सर्वसम्मतको प्रयास र अर्कोतिर उम्मेदवारी फिर्ता नलिने अडानका बीच आएको निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ता मध्यराती ११ः३० देखि १२ः३० बजेसम्म तोकिएको छ । उम्मेदवारी फिर्ता लिने २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २ः१० मा हुने कार्यतालिका आएको छ । मतदान भोलि ९ देखि चार बजेसम्म हुनेछ ।

केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अध्यक्ष मण्डलको आग्रहअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए ।नेकपा एमालेले सहमति नजुटेका पदमा आन्तरिक प्रतिस्पर्धा गराउने भन्दै निर्वाचन तालिका र मतदाता नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक कार्यतालिकामा उम्मेदवारी दर्ताका लागि शुल्क निर्धारण गरिएको छ । जसमा अध्यक्षका प्रतिस्पर्धीले १५ हजार शुल्क बुझाउनु पर्नेछ । त्यसैगरी पदाधिकारीले १० हजार, केन्द्रीय सदस्यको उम्मेदवारी दर्ता गराउन पाँच सय तिर्नुपर्नेछ ।

 

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १२ : ०२ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्