६ पुस २०८२, आइतबार | December 21, 2025

आत्महत्या बढेपछि रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध



बुटवल । रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेको भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही, मानसिक रोग विशेषज्ञ, क्वारेन्टाईन कार्यालयका प्रमुख, स्स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी बिक्रीवितरण गर्ने पसल सञ्चालक लगायत सरोकारवालाको संयुक्त बैठकले विषादी बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आत्महत्याका घटना न्यूनीकरण गर्न सेल्फास नामक किटनाशक विषादीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । उनका अनुसार रुपन्देही जिल्लामा बिगत पाँच वर्षमा विषादीबाट मात्र ३५४ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको चार महिनामा विषादीबाट आत्महत्या गर्ने १४ जनामध्ये सात जनाले सेल्फास नामक विषादी प्रयोग गरेको पाइएको प्रहरी उपरीक्षक केसीले बताए ।

बैठकले प्रतिबन्धित सेल्फास सुरक्षितरुपमा नष्ट गर्ने निर्णय पनि गरेको छ । सेल्फास नियन्त्रण हुने हो भने आत्महत्याका घटना न्यूनीकरण हुनसक्ने देवदह मेडिकल कलेज रुपन्देहीका सहप्राध्यापक डा। मनोजकुमार ढुंगानाले बताए । ‘प्रतिबन्ध लगाएर मात्र हुँदैन, यसको बिक्रीवितरण भए नभएबारे पनि नियमन गर्नुपर्छ,’ उनले भने । विषादीमाथिको प्रतिबन्धलाई सबैले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्न प्लान्ट क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख कुलदीप घिमिरेले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ०४ बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको