२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

आत्महत्या बढेपछि रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध



बुटवल । रुपन्देहीमा किटनाशक विषादीमा प्रतिबन्ध लगाइएको छ । विषादीका कारण आत्महत्याका घटना बढेको भन्दै स्थानीय प्रशासनले सेल्फास नामक आल्मुनियम ट्याब्लेटको बिक्रीवितरण र प्रयोगमा रोक लगाएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देही, मानसिक रोग विशेषज्ञ, क्वारेन्टाईन कार्यालयका प्रमुख, स्स्थानीय तह कृषि शाखा प्रमुख, एग्रोभेट सञ्चालक, विषादी बिक्रीवितरण गर्ने पसल सञ्चालक लगायत सरोकारवालाको संयुक्त बैठकले विषादी बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

आत्महत्याका घटना न्यूनीकरण गर्न सेल्फास नामक किटनाशक विषादीको बिक्रीवितरण र प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरिएको रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मनोजकुमार केसीले बताए । उनका अनुसार रुपन्देही जिल्लामा बिगत पाँच वर्षमा विषादीबाट मात्र ३५४ जनाले आत्महत्या गरेका छन् ।

चालु आर्थिक वर्षको चार महिनामा विषादीबाट आत्महत्या गर्ने १४ जनामध्ये सात जनाले सेल्फास नामक विषादी प्रयोग गरेको पाइएको प्रहरी उपरीक्षक केसीले बताए ।

बैठकले प्रतिबन्धित सेल्फास सुरक्षितरुपमा नष्ट गर्ने निर्णय पनि गरेको छ । सेल्फास नियन्त्रण हुने हो भने आत्महत्याका घटना न्यूनीकरण हुनसक्ने देवदह मेडिकल कलेज रुपन्देहीका सहप्राध्यापक डा। मनोजकुमार ढुंगानाले बताए । ‘प्रतिबन्ध लगाएर मात्र हुँदैन, यसको बिक्रीवितरण भए नभएबारे पनि नियमन गर्नुपर्छ,’ उनले भने । विषादीमाथिको प्रतिबन्धलाई सबैले पूर्णरुपमा कार्यान्वयन गर्नुपर्न प्लान्ट क्वारेन्टाइन कार्यालय रुपन्देहीका प्रमुख कुलदीप घिमिरेले बताए ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ०४ बजे

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२

प्रधानमन्त्री शाहको प्रेस तथा अनुसन्धान विज्ञमा दिपा दाहाल नियुक्त

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहको प्रेस तथा अनुसन्धान विज्ञ पदमा

भाडा समायोजनका लागि यातायात व्यवसायीको माग, समायोजन नभए स्वघोषणा गर्ने चेतावनी

काठमाडौँ । हरेक पटक पेट्रोलियम पदार्थको मूल्यबृद्धि हुँदा भाडा समायोजनको