२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

गर्भ खेरजाने समस्या बढ्दो



म्याग्दी । जिल्लामा पछिल्ला केही वर्षदेखि गर्भ तुहिने र मृत नवजात शिशु जन्मने समस्या बढेको छ ।

बेनी अस्पतालमा रहेको मातृ तथा नवशिशु मृत्यु निगरानी तथा प्रतिकार्य (एमपिडिएसआर) को तथ्याङ्कले गर्भ तुहिने र गर्भको उमेर पुगे पनि मृत जन्मने समस्या बढेको देखाएको हो । तथ्याङ्कअनुसार आव २०७५/७६ मा स्वास्थ्य संस्थामा सुत्केरी हुन गएकामध्ये १२ जनाको पेटभित्रै मृत बच्चा थियो ।

सोही आर्थिक वर्षमा छ नवजात शिशुको २२ दिनभित्रै मृत्यु भयो । त्यसैगरी आर्थिक वर्ष २०७६/७७ मा १५ गर्भवतीले मृत शिशु जन्माए भने एकजना आमाको सुत्केरीपछि रक्तश्राव भई मृत्यु भयो  । तीन जना नवजात शिशुले ज्यान गुमाए । आव २०७७/७८ मा २० जना गर्भवतीले जीवित शिशु जन्माउन सकेनन् । दुई नवजात शिशुको जन्मेको एक साताभित्रै मृत्यु भएको थियो ।

यो तथ्याङ्क सरकारी स्वास्थ्य संस्थामा पुगेका गर्भवतीको मात्र भएको अस्पतालको मातृशिशु सम्पर्क व्यक्ति मनदेवी गौतमले जानकारी दिइन् । “सामान्यतया गर्भ रहेको तीन महिनाभन्दा पहिला भु्रण आफैँ बाहिरिने समस्या लिएर गर्भवती स्वास्थ्य संस्थामा आउँदैनन्, अभिलेख पनि राखिँदैन”, उनले भनिन्, “सुत्केरी हुने समय पुग्नै लाग्दा पेटमा बच्चा चलेन भन्दै आउँछन् । जाँच गर्दा मृत्यु भइसकेको हुन्छ । कति त पेटमै बच्चा सडिसकेको अवस्थामा आउँछन् ।”

गर्भावस्था एक विशेष मात्र नभएर जटिल अवस्था पनि हो । यो अवस्थामा आमाले आफ्नो स्वास्थ्यको पूर्ण सावधानी अपनाउन नसक्दा पनि भ्रुण÷शिशुको गर्भमै मृत्यु हुने अस्पतालका प्रमुख डा जीतेन्द्र कँडेलले जानकारी दिए । उनका अनुसार आमाको गर्भबाट भ्रुण वा शिशु २८/३० हप्तासम्म गर्भाशयबाट बाहिर निस्कनुलाई गर्भ तुहिनु/खेर जानु भनिन्छ ।

गर्भावस्थामा गाह्रो काम गर्दा, गम्भीर चोटपटक लागेमा, जथाभावी औषधि सेवन गरेमा, शरीरमा हर्मोनको असन्तुलन भएमा, यौनजन्य रोग लागेमा, पाठेघर असामान्य भएमा, पाठेघरभित्र अनावश्यक तन्तु वृद्धि भएमा, उमेर नपुगी गर्भ धारण गरेमा र गर्भको भ्रुणमा क्रोमोजोम खराब भएमा गर्भ खेर जाने वा मृत जन्मने समस्या आउने डा कडेलले बताए ।

कहिलेकाहीँ गर्भ ३८-४० साता आयु पुगेपछि पनि अचानक गर्भमै मृत्यु पनि हुन सक्छ । “गर्भमा शिशु पूरा आयु नरहने समस्या अक्सर वंशाणुगतअर्थात् भ्रूणमा जेनेटिक डिफेक्ट रहेछ भने प्राकृतिकरुपमा भ्रुण गर्भमा बस्न सक्दैन, आफै निक्लन्छ तर हाम्रोमा अधिकांश भ्रुण परिपक्क भएपछि वा गर्भको बच्चालाई जीवित जन्माउन सकिने सम्भावना रहे पनि असावधानी/सचेतनाको कमीले मृत शिशु जन्माउने धेरै छन्”, उनले भने, “अधिकांश गर्भवती गर्भको चारपटक परीक्षण गराउँदैनन् ।

नियमित गर्भ परीक्षण नहुँदा पाठेघरमा शिशुको अवस्थिति, पाठेघरको अवस्था र अन्य जटिलता थाहा हुँदैन  । एक्कासि बच्चा चलेन भन्दै आउँछन् । बच्चा पेटभित्रै मरिसकेको हुन्छ  । तीन महिनाभित्रको भ्रूण जाने÷तुहिने घटना त अभिलेख नै गरिँदैन  ।” रासस

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ८ : ४२ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म