८ बैशाख २०८३, मंगलबार | April 21, 2026

चिसो बढ्दैछ, सतर्कता अपनाउनु : मौसम पूर्वानुमान महाशाखा



काठमाडौं । नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ ।

उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशभर चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव छ र अधिकतम तापक्रम २१ दशमलव चार डिग्रिसेल्सियस रहेको छ ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात दशमलव हाराहारीमा थियो । मङ्सिरयता निरन्तर न्यूनतम तापक्रम घट्दै गएकाले बढी चिसो बढिरहेको हो । न्यूनतम तापक्रम घटे पनि हिजो र आज बिहानैदेखि पारिलो घाम लागेकाले काठमाडौँमा तुलनात्मकरुपमा कम चिसो महशुस गरिएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली हुनाका साथै गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार पनि देशभर आंशिक बदली रहने जनाइएको छ । बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ५१ बजे

निकाय खारेज होइन, सुधारमार्फत सुदृढीकरण गर्ने प्रधानमन्त्री शाहको स्पष्टता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय योजना आयोग र नीति

गीता पाण्डे मृत्यु प्रकरण : आफन्तद्वारा अस्पताल घेराउ, चिकित्सकमाथि कारबाहीको माग

बुटवल । चिकित्सकको लापरबाहीका कारण एक महिलाको मृत्यु भएको आरोप

बुटवलमा बजार व्यवस्थापनमा कडाइ : सडकपेटी र पार्किङ नियन्त्रण गर्ने

बुटवल । बुटवल उपमहानगरपालिकाले बजार क्षेत्रको सडकपेटी अतिक्रमण, अव्यवस्थित पार्किङ

बुटवलमा ‘एटिएस एप’ सार्वजनिक, सवारी सुरक्षा र पार्किङ व्यवस्थापनमा सहयोगी हुने दाबी

बुटवल । सवारी साधनको सुरक्षा र पार्किङ समस्यालाई समाधान गर्ने

रवि लामिछानेको सांसद पद निलम्बन माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई