२३ बैशाख २०८१, आइतबार | May 5, 2024

चिसो बढ्दैछ, सतर्कता अपनाउनु : मौसम पूर्वानुमान महाशाखा



काठमाडौं । नेपालमा अहिले बङ्गलादेश र आसपासमा रहेको न्यून चापीय प्रणालीका साथै अरब सागर तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक असर परेको छ ।

उक्त मौसमी प्रणालीको असरले देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राजधानी काठमाडौँसहित देशभर चिसो बढिरहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । महाशाखाले आगामी २४ घण्टाका देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउनु अनुरोध गरेको छ ।

प्रदेश नं १, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम तापक्रम छ दशमलव छ र अधिकतम तापक्रम २१ दशमलव चार डिग्रिसेल्सियस रहेको छ ।

आइतबार काठमाडौंको न्यूनतम तापक्रम सात दशमलव हाराहारीमा थियो । मङ्सिरयता निरन्तर न्यूनतम तापक्रम घट्दै गएकाले बढी चिसो बढिरहेको हो । न्यूनतम तापक्रम घटे पनि हिजो र आज बिहानैदेखि पारिलो घाम लागेकाले काठमाडौँमा तुलनात्मकरुपमा कम चिसो महशुस गरिएको छ ।

महाशाखाका अनुसार अहिले प्रदेश नं १, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि देशभर आंशिक बदली हुनाका साथै गण्डकी प्रदेशको उच्च हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

मङ्गलबार पनि देशभर आंशिक बदली रहने जनाइएको छ । बुधबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशमा सामान्यदेखि पूर्णतया बदली रही बाँकी भागमा आंशिकदेखि सामान्य बदली हुनसक्ने बताइएको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  १ : ५१ बजे

डढेलोका कारण दुनाटपरी बनाउने उद्योग सङ्कटमा

रामेछाप । दिनभर दुनाटपरी बनाएर आफ्नो र आफ्ना बालबलिकाको लागि

युवाहरु बिदेशीनु र कुलतमा फँस्नुको मुख्य कारण बेरोजगारी

खजुरा । स्वदेशमा काम गर्ने वातावरण नभएका कारण युवाहरु बिदेशीने

आम्दा अस्पतालका कर्मचारीद्धारा नन्दिनी गौशालालाई सहयोग रकम हस्तान्तरण

बुटवल । आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल बुटवलमा

काठमाडौंको वायु अझै अस्वस्थ

काठमाडौं आज फेरि काठमाडौं वायु प्रदूषणको हिसाबले विश्वकै दोस्रो स्थानमा

मुख्यमन्त्री सोडारीको विश्वासको मत थप अन्योलमा

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दिर्घबहादुर सोडारीले विश्वासको मत लिने विषय