८ बैशाख २०८१, शनिबार | April 20, 2024

चितवनबाट एमालेमा १० केन्द्रीय सदस्य, दुईपटक सांसद बनेका पोखरेल अटाएनन्



चितवन । एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् ।

बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल र सहसंयोजक सुरेन्द्र पाण्डेलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशिनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगर प्रमुख प्रभा बरालको नाम ओलीको प्रस्तावमा समेटिएको छ । त्यसैगरी, दलित महिलाबाट शिवकुमारी गोतामेको नाम पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

उनीहरूले निर्वाचनका लागि मनोयन पत्र दर्ता गरिसकेका छन् । केन्द्रीय कमिटी सदस्यका आकांक्षी सांसद कृष्णभक्त पोखरेललगायत पाँच जनाको नाम भने ओलीको प्रस्तावित सूचीमा पर्न सकेनन् । पोखरेल दुई पटकसम्म केन्द्रीय सांसद भइसकेका एमाले चितवनका पूर्वअध्यक्ष हुन् ।

त्यस्तैगरी, बागमती प्रदेशका सांसद दावादार्जे लामा, विजय सुवेदी, रत्ननगर नगरप्रमुख नारायण वन र जिल्ला पूर्वअध्यक्ष हरि सापकोटा पनि परेनन् । ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा आफ्नो नाम नपरे पनि आफूले छुट्टै मनोनयन पत्र दर्ता गरेका छैनन् ।

केन्द्रीय कमिटी सदस्यमा खुलातर्फ ८४ जनाको कोटामा ८५ जना र महिलातर्फ ५३ जनाको कोटामा ५४ जनाको मनोनयन पत्र दर्ता भएको छ । केन्द्रीय कमिटी सदस्यमा सहमतिको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ५२ बजे

नेपाल हङकङसँग पराजित

काठमाडौं । । नेपाल हङकङसँग पराजित भएको छ । एसीसी

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले