९ भदौ २०८३, मंगलबार | August 25, 2026

चितवनबाट एमालेमा १० केन्द्रीय सदस्य, दुईपटक सांसद बनेका पोखरेल अटाएनन्



चितवन । एमाले महाधिवेशनको आयोजक जिल्लासमेत रहेको चितवनबाट केन्द्रीय सदस्यका लागि १५ जनाले आकांक्षा देखाएका थिए । अध्यक्ष ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यमा महाधिवेशन व्यवस्थापनको महिला कमान्डर एमाले चितवनकी अध्यक्ष पार्वती रावलसहित १० जना परेका छन् ।

बागमती प्रदेशतर्फबाट रावल केन्द्रीय कमिटी सदस्यमा निर्विरोध निर्वाचित भइसकेकी छन् । महाधिवेशन मूल व्यवस्थापन समितिका संयोजक रामबहादुर थापा बादल र सहसंयोजक सुरेन्द्र पाण्डेलाई केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

एमाले चितवनका पूर्वअध्यक्ष जेएन थपलिया, निवर्तमान केन्द्रीय सदस्य सीता पौडेल, काशिनाथ अधिकारी, कपिल पोखरेल, देवी ज्ञवाली र राप्ती नगर प्रमुख प्रभा बरालको नाम ओलीको प्रस्तावमा समेटिएको छ । त्यसैगरी, दलित महिलाबाट शिवकुमारी गोतामेको नाम पनि केन्द्रीय कमिटीमा प्रस्ताव गरिएको छ ।

उनीहरूले निर्वाचनका लागि मनोयन पत्र दर्ता गरिसकेका छन् । केन्द्रीय कमिटी सदस्यका आकांक्षी सांसद कृष्णभक्त पोखरेललगायत पाँच जनाको नाम भने ओलीको प्रस्तावित सूचीमा पर्न सकेनन् । पोखरेल दुई पटकसम्म केन्द्रीय सांसद भइसकेका एमाले चितवनका पूर्वअध्यक्ष हुन् ।

त्यस्तैगरी, बागमती प्रदेशका सांसद दावादार्जे लामा, विजय सुवेदी, रत्ननगर नगरप्रमुख नारायण वन र जिल्ला पूर्वअध्यक्ष हरि सापकोटा पनि परेनन् । ओलीले प्रस्ताव गरेको केन्द्रीय कमिटी सदस्यको सूचीमा आफ्नो नाम नपरे पनि आफूले छुट्टै मनोनयन पत्र दर्ता गरेका छैनन् ।

केन्द्रीय कमिटी सदस्यमा खुलातर्फ ८४ जनाको कोटामा ८५ जना र महिलातर्फ ५३ जनाको कोटामा ५४ जनाको मनोनयन पत्र दर्ता भएको छ । केन्द्रीय कमिटी सदस्यमा सहमतिको प्रयास भइरहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७८, सोमबार  ३ : ५२ बजे

महिला प्रहरीमाथि हातपात गर्ने युवक नियन्त्रणमा

काठमाडौं । काठमाडौंको बानेश्वरमा ड्युटीमा खटिएकी महिला प्रहरीमाथि हातपात गरेको

गैरकानुनी सम्पत्ति आर्जन गर्ने सर्भेक्षक सुडीमाथि भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय, नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम)मा

लुम्बिनीमा तीन मन्त्रीले लिए शपथ, मन्त्रिपरिषद्ले पायो पूर्णता

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का तीन

नाडाको उद्घाटन गर्दै उपराष्ट्रपतिले भने – अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्ड

१५औँ महाधिवेशन रोक्न देउवा र खड्काद्वारा सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन रोक्न माग गर्दै