१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

एमालेको नेतृत्व चयन गर्न मतदान जारी, को-को छन् चुनावी मैदानमा ?



काठमाडौं । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवशनमा अध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्यहरू चयनका लागि मतदान सुरु भएको छ । मंगलबार विहान करिव ४ बजेतिर सुरु भएको मतदान हाल जारी छ ।

नामावली सूचीअनुसार तीन पदाधिकारी पदमा चुनाव भैरहेको हो । अध्यक्षमा भीम रावल, उपाध्यक्षमा घनश्याम भुसाल, सचिवमा भीम आचार्य र टंक कार्की बागी उम्मेदवार बनेका छन् ।

केपी शर्मा ओलीलाई अध्यक्षमा रावलले चुनौति दिएका छन् भने ६ सिट रहेको उपाध्यक्षमा भुसालसहित सुवासचन्द्र नेम्वाङ, रामबहादुर थापा, अष्टलक्ष्मी शाक्य, विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज ज्ञवाली मैदानमा उत्रिएका छन् । भीम र टंकले दिएको ७ सचिव पदमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण बिस्ट र पद्मा अर्याल उम्मेदवार छन् ।

त्यसैगरी भुगोल विधाको प्रदेश १ अन्तर्गत खुला र महिलामा १र१ जना, सुदूरपश्चिममा महिलातर्फ २ जना, दलितमा खुलातर्फ १ जना, थारू खुलातर्फ १ जना, पिछडिएको क्षेत्र खुलातर्फ १ जना र समग्र खुला क्षेत्रअन्तर्गत खुलातर्फ १ जनाले सर्वसम्मत नेतृत्व चयनमा चुनौती दिएका छन् ।

१० पदमा १२ जनाले उम्मेदवारी दिँदै कमिटी सर्वसम्मत बनाउने वर्तमान अध्यक्ष ओलीको प्रयासमा ब्रेक लगाएका छन् । यसअघि विधागत गरी प्रारम्भिक नामावलीमा ५० पदमा उम्मेदवारी परेकोमा अन्तिम नामावलीमा १० पदमा उम्मेदवार बाँकी रहेका छन् । अरुले फिर्ता लिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ७ : ०४ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

काठमाडौं। नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ

सुदूरपश्चिम सरकार छोड्न नाउपा अध्यक्ष रञ्जिताको लिखित निर्देशन

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम

लोकेश बमको शतकका बाबजुद आयरल्याण्ड वोल्भ्ससँग नेपाल पराजित

काठमाडौं। आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ ।

नेपाली सेनाको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सम्पन्न

काठमाडौँ । रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा गत

निर्धारित लागत र समयभित्र आयोजना सम्पन्न हुनेछन् : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला आयोजनामा भएका कामकारबाहीको