६ बैशाख २०८१, बिहिबार | April 18, 2024

एमाले महाधिवेशन : प्यानल बनाउन नपाइने निर्णयका विरुद्ध संस्थापन पक्षले बाँड्यो प्यानल सहितको पर्चा



चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने गरि गरिएको निर्णय संस्थापन पक्षबाटै उल्लँघन भएको छ । चितवनको सौराहस्थित होटल सेभेन स्टारमा बिहान ४ बजेबाट जारी मतदानमा एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका उम्मेदवार बाहेकका उम्मेदवारहरुका पक्षमा मत माग्दै संस्थापन पक्षले प्यानल बनाउन नपाईने निर्णयको उल्लंघन गरेको देखिएको हो ।

ओली निकटका नेताहरुले ओली लिष्टमा बागी उम्मेदवार बनेका उम्मेदवारहरुलाई मत नदिन छुट्टै पर्चा देखि सबै उम्मेदवारहरुको नाम भएको पर्चामा ओली लिष्ट बाहिरका उम्मेदवारको नाममा मत नदिने चिन्ह लगाएर प्रतिनिधिहरुको हात हातमा पु¥याएका थिए ।

अध्यक्ष ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको मतदनमा सहभागी एक प्रतिनिधिले बताए ।

त्यसैगरी निर्विरोध भएकालाई पनि भोट नहाल्न भनिएको छ । एमालेको महाधिवेशन अन्तरगत अहिले सौराहामा मतदान जारी छ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४२ बजे

सुदूरपश्चिममा एकीकृत समाजवादीको प्लान बी !

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न

लुम्बिनी प्रदेशमा एमालेलाई अर्थसहित पाँच मन्त्रालय

बुटवल । नेकपा एमालेबाट लुम्बिनी प्रदेश सरकारमा पाँच जना मन्त्री

घाटुनाचको संरक्षणमा जुट्दै नवलपुरका गुरुङ समुदाय

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व)का गुरुङ समुदाय ऐतिहासिक परम्परागत घाटुनाच

पोखरामा जीप दुर्घटना, आठ चिनियाँ पर्यटक घाइते

पोखरा । पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ

लुम्बिनीमा सत्तारुढ दलको भागबण्डा टुंगियो, आज सरकार विस्तार हुँदै

बुटवल । लुम्बिनी प्रदेशमा आज सरकार विस्तार हुने भएको छ