२२ असार २०८३, सोमबार | July 6, 2026

एमाले महाधिवेशन : प्यानल बनाउन नपाइने निर्णयका विरुद्ध संस्थापन पक्षले बाँड्यो प्यानल सहितको पर्चा



चितवन । नेकपा एमालेको जारी महाधिवेशनमा प्यानल बनाएर चुनावी प्रतिस्पर्धा नगर्ने गरि गरिएको निर्णय संस्थापन पक्षबाटै उल्लँघन भएको छ । चितवनको सौराहस्थित होटल सेभेन स्टारमा बिहान ४ बजेबाट जारी मतदानमा एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका उम्मेदवार बाहेकका उम्मेदवारहरुका पक्षमा मत माग्दै संस्थापन पक्षले प्यानल बनाउन नपाईने निर्णयको उल्लंघन गरेको देखिएको हो ।

ओली निकटका नेताहरुले ओली लिष्टमा बागी उम्मेदवार बनेका उम्मेदवारहरुलाई मत नदिन छुट्टै पर्चा देखि सबै उम्मेदवारहरुको नाम भएको पर्चामा ओली लिष्ट बाहिरका उम्मेदवारको नाममा मत नदिने चिन्ह लगाएर प्रतिनिधिहरुको हात हातमा पु¥याएका थिए ।

अध्यक्ष ओली पक्षले कसलाई भोट हाल्ने र कसलाई नहाल्ने भनेर प्यानलसहितको सूची वितरण गरेको मतदनमा सहभागी एक प्रतिनिधिले बताए ।

त्यसैगरी निर्विरोध भएकालाई पनि भोट नहाल्न भनिएको छ । एमालेको महाधिवेशन अन्तरगत अहिले सौराहामा मतदान जारी छ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ८ : ४२ बजे

अर्थमन्त्री वाग्ले र एडीबीका अध्यक्ष मासातो कान्डाबीच भेटवार्ता

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्ले र एसियाली विकास बैंकका अध्यक्ष

सार्वजनिक स्थलमा महिलासामु अश्लील हर्कत गरेको आरोपमा शिक्षा अधिकृत पक्राउ

काठमाडौं । सार्वजनिक स्थलमा एक महिलासामु अश्लील हर्कत गरेको आरोपमा

बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा, सीप र सकारात्मक व्यवहार आवश्यक

नेपालगन्ज । कानुनी विवादमा परेका बालबालिकालाई दण्ड होइन, सुधार, शिक्षा,

भन्सार सुधारका लागि एडीबीले नेपाललाई ५ करोड अमेरिकी डलर ऋण दिने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)का अध्यक्ष मसातो कान्डाले नेपालको

२६ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज