३१ आश्विन २०८३, शनिबार | October 17, 2026

उम्मेदवारी नदिएको पदमा पनि भीम रावलको नाम, बुटवल महाधिवेशन काण्ड दोहोरिने खतरा रावलकाे टिप्पणी



चितवन । नेकपा एमालेका अध्यक्षका उम्मेदवार डा. भीमबहादुर रावलले आफूले उम्मेदवारी नदिएको पदमा आफ्नो नाम राखिएको भन्दै आपत्ति जनाएका छन् ।

दशौं राष्ट्रिय महाधिवशेनअन्तर्गत नेतृत्व चयनका लागि भएको चुनावमा मतदान गर्न पुगेका रावलले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेदवारमा पनि देखेपछि आपत्ति जनाएका हुन् ।

पार्टीको केन्द्रीय निर्वाचन आयोगले पनि पदाधिकारीमा उठ्ने व्यक्तिले केन्द्रीय सदस्यमा उठ्नेरनउठ्ने अधिकार स्वयं व्यक्तिलाई नै दिएको भन्दै रावलले आफूले दाबी नै नगरेको पदमा उम्मेदवारी राखेकोमा अहसमति जनाए ।

‘पहिला पदाधिकारीमा उठ्ने नाम सदस्यमा राख्ने भनेकाले मैले के छ भनेर सोधेको थिए । मलाई पदाधिकारी र सदस्य दुबै राख्न चाहे भने दुबै हुन्छ । होइन भने पदाधकारी मात्र हुन्छ भनेको थियो । मैले पदाधिकारीमा लड्ने सदस्यमा नलड्ने भनेको थिए । तर अघि मतदान गर्न जाँदा सदस्यमा मेरो नाम देखेँ । अध्यक्षमा लड्ने व्यक्ति म सदस्यमा लड्ने भन्ने कुरै आउँदैन,’ रावलले न्युज कारखानासँग भने ।

यो प्रकरण रावलले बुटवलको आठौं महाधिवेशनमा फेस गरिसकेका छन् । उनले सम्झिए, ‘बुटवल महाधिवेशनमा सदस्यताको लागि मैले उम्मेदवारी दिएको थिइन, उम्मेदवारी दिएको उपाध्यक्षमा हारे, अनि मलाई सदस्य पद जितेको भनेर सपथ लिन भनियो । मैले उम्मदेवारी हालेकै छैन मैले कसरी सपथ लिने भने । त्यसलाई विवादको विषय बनाएर भीम रावलले सपथ लिएन भनेर समस्या खडा भयो । पछि मैले बाध्य भएर सपथ लिनुपर्ने अवस्था आएको थियो ।’

बुटवल महाधिवेशनको अवस्था नआओस् भनेर आफूले पहिले नै निर्वाचन आयोगका पदाधिकारीसँग छलफल गरे पनि आफ्नो नाम केन्द्रीय सदस्यमा समेत उम्मेदवारका रुपमा राखेर बेइमानी गरिएको उनको भनाइ छ ।

‘अहिले पनि मतगणनाको परीणाम नआउँदै मैले सदस्य पदमा उम्मेदवारी दिएको पनि छैन । निर्वाचन आयोगका पदाधिकारीलाई सोध्दा पनि तपाईले जे उल्लेख गर्नुहुन्छ त्यो मात्रै हुन्छ हुनाले अध्यक्ष पदमात्रै उल्लेख गरेको स्पष्ट पार्छु,’ उनले भने, ‘तर विद्युतीय मतदानमा मेरो नाम सदस्यमा पनि राखेकोमा मलाई मतदान गरे भने त सदस्य पनि हुनसक्ने भए । त्यसकारण मेरो सदस्य उम्मेदवारी छैन, होइन ।’

उनले नदिएको ठाउँमा उम्मेदवार भनेर नाम राखिदिँदा प्रतिनिधि पनि झुक्किने र जितेर पनि विवाद सिर्जना गर्‍यो भनेर नकारात्मक टिप्पणी हुनसक्ने भन्दै सचेत गराए । ‘अब मलाई त्यहाँ त्यतिकै सदस्य भइस् भनेर मनौ मलाई जिताइदिए भने पनि त्यो पदमा मैले सपथ लिन सक्दिनँ । महिले अहिले नै प्रष्ट पारेको छु । पछि मान्छेहरुले सथप लिएन भीम रावलले यसो गर्‍यो भनेर नभनुन् । नकारात्मक रुपमा न लैजाउन,’ उनले भने ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ९ : ०० बजे

रेमिट्यान्सलाई सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक र युनाईटेड रेमिटबीच सम्झौता

विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने

देशैभरका इलाका प्रहरी कार्यालयमा बाँके खजुराको इप्रका सर्वोत्कृष्ट

नेपालगन्ज । बाँकेको खजुरा स्थित इलाका प्रहरी कार्यालय धनौली, देशैभरका

बागेश्वरी मन्दिरमा धुमधामका साथ फूलपाती भित्राइयो

नेपालगन्ज । हिन्दु धर्मावलम्बीको ठूलो पर्व बडादशैंको सातौँ दिन शनिबार

नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ नजिकिएसँगै गोँगबुस्थित नयाँ बसपार्कसहित

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक मञ्च टुँडिखेलमा