७ आश्विन २०८३, बुधबार | September 23, 2026

अस्ट्रेलियामा कोभिड अस्पतालमा महिलाले लगाइन् आगो



सिड्नी । अस्ट्रेलियामा कोभिडका विरामीलाइ राख्ने अस्पतालमा अ‍ागो लागेपछि एक महिला पक्राउ परेकी छन् ।

अस्ट्रेलियाको क्विन्सल्यान्डस्थित एउटा होटलबाट ३१ वर्षीया एक महिला पक्राउ परेकी हुन् । अ‍ाफू बसेको होटलको बेडमा अ‍ागो लगाएको उनीमाथि अ‍ारोप लागेको छ । उनी अ‍ाइतबार दुइ बच्चासहित ११ तले प्यासिफिक होटेलमा बसेकी थिइन् ।

अ‍ागो लागेपछि १६० जनालाइ होटलबाट बाहिर निकालिएको थियो । अ‍ागलागीमा कोही पनि घाइते भएका छैनन् । अस्ट्रेलिमा नयाँ भेरियन्टको भाइरस देखिरहेका बेला अ‍ागलागीको घटना सार्वजनिक भएको हो ।

अ‍ोमिक्रोन भाइरस सबैभन्दा पहिला दक्षिण अफ्रिकामा देखिएको थियो । यसलाइ विश्व स्वास्थ्य संगठनले भाइरस अफ कन्सर्न घोषणा गरेको छ । भाइरस देखिएपछि अस्ट्रेलियाले दक्षिण अफ्रिका, नामिविया, जिम्बाबे, बोत्स्वाना, लेसेथोलगायतका अफ्रिकी देशहरुसँगको हवाई यात्रा प्रतिबन्ध लगाएको छ ।

कोभिड नियन्त्रण गर्ने भन्दै अस्ट्रेलियाले विभिन्न देशहरुसँगको सीमामा लगाएको प्रतिबन्ध एक महिनाअघि मात्र हटाएको थियो । नयाँ भेरियन्ट देखिएपछि पुनः प्रतिबन्ध लगाउने बारेमा अस्ट्रेलियाले कुनै निर्णय गरेको छैन् । एजेन्सी

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ११ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई