२६ बैशाख २०८१, बुधबार | May 8, 2024

अन्टार्टिकामा सफलापूर्वक विमान अवतर‍ण



केप टाउन । इतिहासमा पहिलो पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेको छ ।

एउटा व्यावसायिक एयर बस कम्पनीको ए ३४० विमान हिउँले ढाकेको धावनमार्गमा यसै महिनाको सुरुमा अवतर‌ण गरेको हो । विमानको पहिलो अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटो खुलेको छ ।

ए ३४०विमान नोभेम्बर २ मा दक्षिण अफ्रिकाको राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेको थियो । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलोमिटर उडेको थियो ।

विमानका क्याप्टेन मिरपुरीका अनुसार विमान सफलतापूर्वक इतिहासमै पहिलोपटक निलो हिमनदीबाट बनेको धावनमार्गमा अवतरण गरेको थियो । सो एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेको थियो । वुल्फ ग्याङ पर्वतारोहण क्याम्पले विमान चार्टड गरेको थियो ।

सफल अवतर‌‍णसँगै सो विमानलाइ यस मौसममा पर्यटकहरुले प्रयोग गर्नेछन् । विवरणअनुसार १९० टनको विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेको थियो ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ४४ बजे

बाँकेको फत्तेपुरका एक सय २६ घरमा स्वच्छ पेयजलको सुविधा

बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरमा ‘एक घर, एक

खोटाङका सामुदायिक विद्यालयमा जीवनोपयोगी शिक्षा अभियान

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सामुदायिक विद्यालयमा ‘जीवनोपयोगी शिक्षा

सुहाङले आज सांसदको सपथ लिँदै

काठमाडौं । इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनबाट प्रतिनिधिसभा सदस्यमा

चौबिस दिनमा आगलागी, डढेलो र चट्याङबाट सत्ताइस जनाको मृत्यु

काठमाडौं । आगलागी, डढेलो र चट्याङबाट वैशाख महिनाको २४ दिनमा

वनमा आगो लगाएको अभियोगमा पक्राउ

ओखलढुंगा । वनमा डढेलो लगाएको आरोपमा दुईजना पक्राउ परेका छन्