५ पुस २०८२, शनिबार | December 20, 2025

तिलोत्तमामा बालमैत्री नगर घोषणा पूर्व र्याली



बुटवल । ‘बाल शोषण अन्त्य गरौँ बिहेवारी २० बर्ष पारी बाल श्रम अन्त्य गरौँ असल समाज निमाण गरौँ’ भन्ने प्लेकार्डसहित तिलोत्तमा नगरपालिका-३ ले र्याली गरेको छ ।

तिलोत्तमा नगरपालिकाले हालै बालमैत्री नगर घोषणाको तयारी गरिरहेका बेला तिलोत्तमा–३ ले आफ्नो वडाभरी जनचेतना मुलक र्याली गरेको हो ।

सोमबार बिहान आफ्नै वडा कार्यालयबाट प्लेकार्डसहित सुरु र्यालीमा वडाका जनप्रतिनिधि विभिन्न टोल विकास समितिहरु विद्यार्थीहरुको सहभागीतामा जनचेतना मुलक र्याली गरिएको वडा सदस्य घनश्याम पौडेल रामुले बताए । जनचेतना मुलक र्यालीको समापन गर्दै वडाध्यक्ष टक तिवारीले नगरले घोषणा गर्नु अगाडी वडाले बालमैत्री वडा घोषणा गर्ने बताए ।

बालबालिकालाई काममा हैन शिक्षामा ध्यान दिनु जरुरी रहेको भन्दै आजका बालबालिका भोलिका देशका कणधार हुन त्यसैले हामी सबै मिलेर असल समाजको निमाण र्गन सुनिश्चित बाल अधिकार आजको आवश्यकता रहेको अध्यक्ष तिवारीले बताए ।

बालमैत्री कार्यक्रमकी फोकल पर्शन गिता देबी सापकोटाले उमेर नपुगेका बालबालिकालाई काम लगाउनु शिक्षाबाट बन्चित गराउनु अपराध गर्नु जस्तै भएको भन्दै अबका दिनमा तिलोतमा नगरभित्र कोही कसैले बालबालिकालाई शोषण गरेको पाइए नगरपालिकाले त्यसको विरुद्ध एक्शन लिने सापकोटाले बताईन । कार्यक्रममा वडा सचिव गोकुल गिरी, वडा सदस्य घनश्याम पौडेल रामु लगाएतले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ४८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता