२२ फाल्गुन २०८२, शुक्रबार | March 7, 2026

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेटः बैतडीको टोली छनोट



बैतडी । प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोटका लागि रितु कनौजियाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको बैतडी जिल्ला क्रिकेट सङ्घले जनाएको छ ।

टोलीका सदस्यमा मञ्जु बोकटी, सङ्गीता मौनी, जानकी थापा, करिश्मा थापा, लक्ष्मी महर, दिव्या कार्की, पूजा कार्की, बबिता बोहरा, निर्मला भण्डारी, गोमती भट्ट, ललिता चन्द, निर्मला बोहरा र भावना जोशी रहेका छन् । यस्तै, पिङ्की बोहरा, दमयन्ती वड, ममता चन्द, तनुजा थापा, मानवी विक, जानवी मौनी र ईश्वरी भण्डारीलाई वैकल्पिक खेलाडीका रुपमा छनोट गरिएको छ ।

मङ्सिर १० गतेदेखि सञ्चालन भएको छनोट प्रक्रियाबाट टोली बनाइएको बैतडी जिल्ला क्रिकेट सङ्घका सचिव शेरसिंह खत्रीले जानकारी दिनुभयो । छनोट भएका खेलाडीहरुका लागि यही मङ्सिर १५ गतेदेखि देहिमाडौँमा बन्द सत्र सञ्चालन गरिने जनाइएको छ ।

प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनोट मङ्सिर २० गतेदेखि धनगढीमा सञ्चालन हुनेछ ।

प्रदेशस्तरीय छनोट प्रतियोगिताबाट सुदूरपश्चिम प्रदेशको महिला राष्ट्रिय टोली बनाइनेछ । उक्त टोली प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागिता जनाउने सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए ।

नेपाल क्रिकेट सङ्घको आयोजनामा मङ्सिर २७ गतेदेखि धनगढीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता हुँदैछ ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १ : ५६ बजे

म्याग्दीमा स्वतन्त्र उम्मेदवार महाविर पुन आठ हजार मतान्तरले अगाडी

म्याग्दी । प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा म्याग्दीका स्वतन्त्र उम्मेदवार

काठमाडौ १० मा रास्वपाका विष्ट विजयी

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नं १०

झापा-५ मा बालेन शाहको फराकिलो अग्रता, ओली धेरै पछि

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा जारी मतगणनाको

कालिकोटमा नेकपाका महेन्द्रबहादुर शाही निर्वाचित

कालिकोट । प्रतिनिधि सभाको निर्वाचनमा कालिकोटबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का

नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु : संयोजक प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट