२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

चुनावको तयारीमा लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन



बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी चुनावको तयारीमा लागेको बताएका छन् ।

बुटवलमा आज आयोजित रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताएका हुन् । प्रचण्डले मुलुक मुलुक चुनावतिर जान लागेको जनाए ।

उनले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको जिकिर गरे । प्रचण्डले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।

प्रचण्डले पार्टीका दिवंगत नेता टंकमणि असमान्य व्यक्तित्व भएका स्मरण गरे । उनले भने, ‘जनयुद्धको समयमा बन्जाडेप्रति गुनासो रहेपनि शान्ति प्रक्रिया पछि उहाँ प्रतिको आरोप आफै खण्डन भयो । बन्जाडेले पार्टीमा कलाई यो चाहियो त्यो चाहियो भनेर कहिल्यै माग गर्नु भएन ।’

राष्ट्र र पार्टीको हितका लागि केही गर्ने उनको सपना पूरा गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए। । सहिद पार्क बनाउने कामलाई जिल्ला, प्रदेश र केन्द्रबाट सहयोग गर्ने प्रचण्डले प्रतिवद्धता जनाए ।

पोलिटब्यूरोमा बसिसकेका व्यक्तिलाई केन्द्रीय जिम्मेवारी नपाउँदा केही गुनासो उनमा रहेको प्रचण्डले स्वीकार गरे । ‘जसलाई मेटाउन केही महिनाअघि केन्द्रीय नेताका रुपमा केन्द्रीय प्रतिनिधि र ईन्चार्जका रुपमा जिम्मेवारी दिईएको थियो’, उनले भने, ‘सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्क्तित्व हुनुहुन्थ्यो उहाँ ।’

पार्टीमा लामो योगदान गरेका स्वर्गीय रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा निधन भएको थियो। उनीसँग सवारीमा रहेका वीरबहादुर थापा घाईते भएका थिए।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ३ : ४४ बजे

राप्रपाको संकल्पपत्र सार्वजनिक (पूर्णपाठसहित)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि आफ्नो

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा