बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी चुनावको तयारीमा लागेको बताएका छन् ।
बुटवलमा आज आयोजित रामप्रसाद बन्जाडे टंकमणिको श्रद्धान्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टीले पनि त्यसको तयारी गरिरहेको बताएका हुन् । प्रचण्डले मुलुक मुलुक चुनावतिर जान लागेको जनाए ।
उनले सबै पार्टीहरुले महाधिवेशनका नाममा चुनावको तयारी गरिरहेको जिकिर गरे । प्रचण्डले तीनै तहको चुनावका लागि अहिलेदेखि नै सक्रियतापूर्वक लाग्न नेता कार्यकर्ताहरुलाई निर्देशन पनि दिए ।
प्रचण्डले पार्टीका दिवंगत नेता टंकमणि असमान्य व्यक्तित्व भएका स्मरण गरे । उनले भने, ‘जनयुद्धको समयमा बन्जाडेप्रति गुनासो रहेपनि शान्ति प्रक्रिया पछि उहाँ प्रतिको आरोप आफै खण्डन भयो । बन्जाडेले पार्टीमा कलाई यो चाहियो त्यो चाहियो भनेर कहिल्यै माग गर्नु भएन ।’
राष्ट्र र पार्टीको हितका लागि केही गर्ने उनको सपना पूरा गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्ने बताए। । सहिद पार्क बनाउने कामलाई जिल्ला, प्रदेश र केन्द्रबाट सहयोग गर्ने प्रचण्डले प्रतिवद्धता जनाए ।
पोलिटब्यूरोमा बसिसकेका व्यक्तिलाई केन्द्रीय जिम्मेवारी नपाउँदा केही गुनासो उनमा रहेको प्रचण्डले स्वीकार गरे । ‘जसलाई मेटाउन केही महिनाअघि केन्द्रीय नेताका रुपमा केन्द्रीय प्रतिनिधि र ईन्चार्जका रुपमा जिम्मेवारी दिईएको थियो’, उनले भने, ‘सधै पार्टीप्रति वफादार र साधारण जीवनशैलीका व्क्तित्व हुनुहुन्थ्यो उहाँ ।’
पार्टीमा लामो योगदान गरेका स्वर्गीय रामप्रसाद बन्जाडेको सडक दुर्घटनामा निधन भएको थियो। उनीसँग सवारीमा रहेका वीरबहादुर थापा घाईते भएका थिए।



















प्रतिक्रिया