८ बैशाख २०८३, मंगलबार | April 21, 2026

एमाले महाधिवेशन : १७ बुँदे घोषणापत्र जारी



चितवन । चितवनको सौराहामा जारी एमालेको १०औं महाधिवेशन १७ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।

नवनिर्वाचित उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र समितिका तर्फवाट तयार भएको घोषणापत्र बाचन गरेर सुनाएका थिए । सो प्रस्तावलाई महाधिवेशन हलले ध्वनि मतले पारित गरेको छ ।

१० मंसिरबाट सुरु भएको एमाले महाधिवेशन सर्वसम्मत नेतृत्व चयन गर्ने नाममा दुई दिन लम्बियो ।

घोषणापत्रमा जनादेशसहित पुनः सत्तामा स्थापित हुने उल्लेख छ । न्याय पाउने हकको सम्मान गर्न आह्वान गरिएको घोषणापत्रले दक्षिणपन्थी अवसरवादलाई मुख्य चुनौती भनेको छ । यसलाई परास्त गर्ने प्रतिवद्धता छ ।

घोषणापत्रमा राजनीतिक स्थायित्वका लागि एमाले एकतावद्ध हुन आह्वान गरेको छ । निर्वाचन आयोगले अन्तिम मत परिणाम भने सार्वजनिक गरिसकेको छैन ।

मत परिणाम र सपथग्रहण पछि विधिवत समापनको घोषणा गरिने छ ।

 

एमाले महाधिवेशनद्वारा पारित गरेका प्रस्ताव

१ सहिदप्रति श्रदाञ्जली

१ पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, जननेता मदन भण्डारी, प्रथम जननिर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीप्रति उच्च सम्मान सर्दा सुमन अर्पण

३ ९ औं महाधिवेशन यता दिवंगत भएका नेता कार्यकर्ताप्रति श्रदाञ्जी अर्पण

४ महिला हिंसा विरुद्धको १६ दिने अभियानमा ऐक्बद्धता

५ जनविरोधी काम नगर्न सरकारको गम्भीर ध्यानाकर्षण

६ बेमौसमी वर्षाका पीडितलाई राहतको जोडदार माग

७ शान्ति प्रक्रिया चोड टुंग्याउन र पीडितलाई परिपूरणाको व्यवस्था गर्न माग

८ परराष्ट्र नीतिमा गठबन्धनको सरकारका परस्पर विरोधी नीतिको विरोध

९ नागरिक न्याय पाउने अधिकार बन्चित भएकोप्रति निन्दा

१० नेपाल विकासील मुलुकका स्तरोन्नती भएकोमा राष्ट्र संघलाई धन्यवाद

११ एमाले १० औं महाधिवेशन भएका पदाधिकारीलाई धन्यवाद

१२ समावेशी पार्टी बनाएर लैजाने संकल्प

१३ निर्वाचनको तयारीमा लाग्न र संगठन विस्तारमा लाग्न निर्देशन

१४ राष्ट्र र जनताको हितमा प्रभावकारी भूमिका खेल्ने

१५ जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्ने कुरा नारालाई आत्मा साथ गर्ने

१६ राष्ट्रिय स्थायित्वका लागि एमालेमा आबद्ध हुन आह्वान हुन आग्रह

१७ महाधिवेशनमा सहभागी सबैलाई हार्दिक आभार

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  ५ : ५९ बजे

एक भारी घाँसका लागि बाबुछोरा नै कर्णालीमा बगेपछि… …

अछाम । कुरा यही वैशाख ३ गतेको हो । यहाँको

२३ लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन

बुटवलमा अवैध गर्भपतनको बिगबिगी, असुरक्षित गर्भपतन गराउँदा १ महिलाको मृत्यु ३ जना पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराउने ३ वटा फार्मेसीका संचालकलाई

प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई रास्वापाले तोक्यो जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय

गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ

चितवन । गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा ढिलाइ भएको छ