६ चैत्र २०८२, शुक्रबार | March 21, 2026

बुटवलमा एमआईको लुम्बिनी प्रदेशकै पहिलो शोरुम



बुटवल । लुम्बिनी प्रदेशमा एमआईले आफ्नो पहिलो शोरुम शुभारम्भ गरेको छ । एमआईले बुटवल बिपि चोकस्थित अग्रहरी कम्प्लेक्समा सुदुरपश्चिम प्रदेश पछि दोस्रो शोरुम सञ्चालनमा आएको हो । बुटवलमा मोबाईलको कारोबार गरिरहेको श्री बिनायक ईलेक्ट्रोनिक्सले बुटवलमा एमआईले शोरुम खोलेको हो ।

मंगरबार एक समारोहका बीच एमआईको नेपाल अधिकृत विक्रेता टेलि डाईरेक्टरको सिईओ सन्जय अग्रवालले शोरुमको शुभारम्भ गरे । अग्रवालले शोरुमको रिबन र केक काटेर शुभारम्भ गरेका थिए ।

कार्यक्रममा एमआई नेपालको कन्ट्रि म्यानेजर सौरभ पठारी, टेलि डाईरेक्टका जिएम दिपक श्रेष्ठ, टेलि डाईरेक्टका रिजनल सेल्स म्यानेजर विष्णु मरासिनी, आर एस मोबाईलका संचालक रिन्कु लिगलले शुभकामना दिएका थिए ।

शोरुम सञ्चालनमा ७० लाख लगानी भएको संचालक आशिष कुमार श्रेष्ठले जानकारी दिए । नेपालकै बिक्रीमा नम्बर १ दाबी गरिएको छियोमी ब्रान्डको शोरुममा नेपालमा भित्रिएका एमआई ब्राण्डका उत्पादनहरु उपलब्ध हुने छन । मोबाईलसंगै होम प्रडक्टहरु टिभि, साउण्ड बार, राउटर, सोप डिस्पेन्सर, वाच लगायतका ब्रान्ड पाईने श्रेष्ठले बताए । एमआई बाण्डको नेपालमा लकडाउनपछि बजार राम्रो भएको छ । एमआईका काठमाडौमा मात्र ४ वटा शोरुम रहेका छन ।

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : ०९ बजे

कांग्रेस बैठकमा उपसभापति शर्माको चुनावी समीक्षा प्रतिवेदन प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसका उपसपभाति एवं केन्द्रीय निर्वाचन परिचालन समितिका

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस