७ बैशाख २०८३, सोमबार | April 20, 2026

हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिन हिँडेका साइक्लिष्ट मनिकलाई बिदाई



बुटवल । बुटवलका बाल राईडर मनिक श्रेष्ठलाई मंगलबार बिदाई गरिएको छ । प्रदेश खेलकुद विकास परिषद र रसुवा जिल्ला साईकल संघको आयोजनामा मंसिर १८ गते रसुवागढिमा हुने हाई अल्टिच्युट रसुवा माउन्टेन बाईक च्यालेन्ज २०७८ प्रतियोगितामा भाग लिन जान लागेका राईडर मनिक र उनका बुबा मच्छिन्द्र श्रेष्ठलाई बुटवलका विभिन्न क्लबमा पदाधिकारी, सदस्यहरुले बिदाई गरेको हो । उनले ८ वर्षमुनि उमेर समुहमा भाग लिदै छन ।

कार्यक्रममा ह्याप्पी साईक्लिङ क्लबमा आवद्घ उनिहरुलाई क्लबका अध्यक्ष सुमन श्रेष्ठ, जिल्ला साईक्लिङ संघका उपाध्यक्ष अभिषेक भारी, क्लबका सल्लाहकार गणेश श्रेष्ठ, बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, तिनाउ साईक्लिङ क्लबका उपाध्यक्ष सृजन श्रेष्ठ, पवन शाह, हरि क्षेत्री, स्वस्तिक श्रेष्ठ, सुमित खनालले प्रतियोगितामा सफलता प्राप्तिका लागि शुभकामना दिए । उनीहरुले भाग लिनु नै गौरबको विषय भएको भन्दै यसलाई ब्यवसायिक रुपमा अघि बढाउने गरि युवाहरुलाई प्रोत्साहन गर्न जरुरी रहेको बताए ।

मनिक बुटवलको एभरेष्ट बोर्डिङ स्कुलमा कक्षामा ४ मा अध्ययरत छन । चार वर्षको उमेरदेखि साईकल चलाउदै आएका उनी दर्जनौ प्रतियोगिताहरुमा भाग लिएका छन ।

रसुवा जिल्ला साईकल संघको अध्यक्ष तथा प्रतियोगिताका संयोजक दावा तामाङले मेन्स, विमेन्स, जुनियर र माष्टर गरि ४ वटा क्याटगरीमा आयोजना हुने प्रतियोगितामा ७० जना सहभागी रहने बताए । तामाङका अनुसार प्रतियोगितामा मेन्स, विमेन्सतर्फको उपाधि विजेताले नगद ४० हजार रुपैया, उपविजेताले नगद २५ हजार र तृतिय स्थान हासिल गर्ने खेलाडीलाई नगद ७ हजार रुपैया र कप पुरस्कारबाट सम्मान गरिने छ । यसैगरि जुनियर र माष्टरका उपाधि विजेताहरुले नगद १० हजार रुपैया पाउनेछन । कुल २० लाख खर्च अनुमान रहने उनले बताए ।

 

प्रकाशित मिति : १४ मंसिर २०७८, मंगलबार  १० : २० बजे

बसपार्क बाहिरबाट यातायात सेवा सञ्चालन गर्न नपाइने

काठमाडौँ । नयाँ बसपार्कबाट एकीकृत यात्रुवाहक सवारीसाधन सञ्चालन गर्न काठमाडौँ

पोशाक र पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयलाई कारबाही गरिने

काठमाडौं । सरकारले पोशाक तथा पाठ्यपुस्तक बिक्री गर्ने विद्यालयहरुलाई कारवाही

गुल्मीमा सांसदसँग अन्तरक्रिया

गुल्मी । गुल्मीमा प्रतिनिधिसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुसँग एकीकृत

अर्थमन्त्री र विषयगत मन्त्रालयका मन्त्री तथा सचिवहरुका बीचमा बजेट तयारी छलफल

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णीम वाग्ले र विषयगत सबै मन्त्रालयका

नौ महिनामा १२ खर्ब ६७ अर्ब व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा