१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

हलेसी मन्दिरमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन



खोटाङ । खोटाङको धार्मिकस्थल हलेसीमा चार महिनाको अवधिमा १२ लाख भेटी संकलन भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका-७ महादेवस्थानमा रहेको हलेसीमा गत १ साउनदेखि ५ मंसिरसम्मको अवधिमा दर्शन तथा पूजाआजाका लागि आएका दर्शनार्थीबाट १२ लाख ८० रुपैयाँ भेटी रकम संकलन भएको हो ।

महादेव मन्दिरको शिव पार्वती थानमा ८ लाख ८४ हजार ५३० रुपैयाँ, मन्दिरको प्रांगणमा रहेको दान पेटिकाबाट १ लाख ९८ हजार ८५५ रुपैयाँ, बसाहा गुफा दान पेटिकाबाट ८२ हजार १७० रुपैयाँ र गणेश मन्दिर दान पेटिकाबाट ३४ हजार ५२५ भेटी रकम संकलन भएको हलेसी सूचना केन्द्रका प्रमुख सयन्द्र राईले जानकारी दिए ।

संकलन भएका भेटी रकममध्ये ५ लाख ३२ हजार १४ रुपैयाँ खर्च गरेर बाँकी रहेको ६ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा हलेसी महादेव मन्दिर व्यवस्थापन समितिको खातामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ । मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरि, दिव्य ध्वनि, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास (जेसिभी प्रयोग), भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रका प्रमुख राईले जानकारी दिए ।

हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रका रूपमा रहेको हलेसीमा यस अवधिमा भारु ३ हजार ९३५, चाँदी ६१।७ ग्राम, सुन ०।७ ग्राम र अमेरिकन डलर ३ जम्मा भएको छ । नगरपालिकामार्फत स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दैआएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ६ : ५८ बजे

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका