१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बज्रवाराही धार्मिक वनमा सडक विस्तार : युवाले बुझाए हस्ताक्षरसहितको विरोधपत्र



ललितपुर । ललितपुरको गोदावरी-१० बज्रवाराहीमा रहेको धार्मिक वन अतिक्रमण गरी सडक विस्तार गरेको भन्दै स्थानीय युवाले हस्ताक्षर संकलन गरेर गोदावरी नगरपालिकामा बुझाएका छन् ।

गोदावरी नगरपालिकाले नवनिर्मित आफ्नो भवन अगाडि १५ मिटर सडक विस्तारका लागि सडकको केन्द्र भागबाट साढे सात मिटर सडक विस्तार गर्ने क्रममा झण्डै २ मिटरभन्दा धेरै वन क्षेत्रको जमिन मासेर सडक विस्तारका लागि डोजर चलाएपछि सामाजिक सञ्जालमार्फत स्थानीय बासिन्दाले विरोध गरेका थिए ।

बज्रबाराही वन मासेर सडक बनाउनै पर्ने भए सल्लाह गरेर मात्रै सडक विस्तार गर्नु पर्ने बज्रवाराही मन्दिरका पुजारी राजु पुजारीले बताए । उनले भने, ‘बहस गरे मात्रै सडक विस्तार गर्न हुने नहुने निर्णय गर्न सकिन्थ्यो । यहाँ त हामीसँग सल्लाह नै भएन ।’

स्थानीय अनिल महर्जनले बज्रवाराही वन संरक्षण गर्न बसेको ज्योतिदय संघ आफैँले जंगल मास्न लागेको भन्दै आक्रोस पोखे । उनले भने, ‘हामी स्थानीय बासिन्दाले बज्रवाराही जंगल संरक्षण गर्ने सर्तमा मात्रै ज्योतिदय संघको व्यवस्थापनलाई स्वीकार गरेका हौं । वन मास्ने हो भने हामी मान्दैनौं ।’

ज्योतिदय संघका अध्यक्ष नारायण देशारका जिल्ला वन कार्यालय ललितपुरको मौखिक सहमतिमै वनको केही जमिन लिएर सडक विस्तार गर्न लागेको बताए । उनले भने, ‘हामी बनको रुख मास्दैनौं । त्याहा रुखलाई नै संरक्षण गरेर फुटपाथ बनाउने हो ।’

दुबैतर्फ सरकारी जमिन रहेकाले सडक मापदण्डमा परेको ठाउँलाई बाटो बनाउन उपभोग गर्न लागेको उनले बताए । देशारका अनुसार सरकारी जग्गा सरकारको इच्छा अनुसार नै प्रयोग गर्न लागिएको हो । सडकमापदण्ड अनुसार नीजि जग्गा लिन हुने सरकारी चाहिँ लिन नहुने भन्ने कानुनमा नभएको उनको जिकिर छ ।

२०५२ देखि ज्योतिदय संघले बज्रवाराही वन संरक्षण गर्दै आएको छ । बज्रवाराही जंगलमा पिकनिक स्पट र मोटरसाइकल पार्किङलगायतको आन्दानीबाट सरसफाइलगायतको काम गरिरहेको देशारले बताए । व्यक्तिगत स्वार्थका लागि सडक बनाउन नलागिएको उनले बताए ।
ज्योतिदय संका कोषध्यक्ष राज देशारले सडक विस्तार गर्दा बनको जग्गा ढेड मिटर पर्ने र त्यो ठाँउमा फुटपाथ बनाइने बताए । उनले भने,‘फुटपाथमै हामी रुख संरक्षण गछौं । काट्दैनौं ।’

सडक विस्तारका क्रममा गोदावरी नगरपालिकाले बनाएको उपभोक्ता समितिका अध्यक्ष रमेश देशारले जिल्ला वन कार्यालयको सहमतिमै वन क्षेत्र मासेर बाटो बन्न लागेको बताए ।

लगभग ८५ लाख लागतमा झण्डै १ सय मिटर यो बाटो विस्तार र ढलान गर्न लागिएको हो ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : १६ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख