१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

कमल थापाको घोषणा : सडक र सदनबाट राजतन्त्र फर्काउछौं



काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले सडक र सदनबाट संघर्ष गरेर नागार्जुङमा रहेका राजा ज्ञानेन्द्रलाई नारायणहिटीमा ल्याउने उद्घोष गरेका छन् ।

पार्टीको एकता महाधिवेशनलाई सम्वोधन गर्दै जनमत नभएका कारण अहिलेसम्म राजतन्त्र फर्काउन नसकेको भन्दै उनले सडक र सदनको जनमतबाट राजतन्त्र फर्काउने उद्घोष गरे ।

उनले राप्रपाले राजा आउ देश बचाउ भन्ने नारा छाडेर जनता आउ राजा ल्याउ भन्ने नारा लगाउने बताए ।

उनले आफ्नो कार्यकालको सुरुमा पार्टी एकता कायम राख्न नसकेकोमा क्षमा मागेका छन् भने आफ्नै कार्यकालमा एकता गर्न सकेकोमा गर्व गरेका छन् ।

उनले आगामी निर्वाचनमा पार्टी संसद र सरकारमा पार्टीको राम्रो उपस्थिति हुने दाबी पनि गरे । विगतमा कांग्रेससँगको सहकार्यमा धोका भएको समेत बताए ।

थापाले आफूलाई एक कार्यकालको मौका दिन आग्रह गरे । उनले अब चार वर्ष आफूलाई नेतृत्व गर्ने मौका दिन आग्रह गरेका हुन् । यस चार वर्षमा पार्टीलाई उचाइमा पु¥याएर युवालाई नेतृत्व हस्तान्तरण गर्ने थापाको भनाइ छ ।

अध्यक्षको उम्मेदवारसमेत रहेका थापाले आफूहरुबाट कुनै कमिकमजोरी भए पनि भ्रष्टाचार गरेको भन्ने आरोप कसैले लगाउन नसक्ने बताए ।

थापालाई चुनौती दिँदै राजेन्द्र लिङ्देन अध्यक्षको दौडमा छन् । उनले उम्मेद्वारी घोषणा गरिसकेका छन् । लिङ्देनलाई डा. प्रकाशचन्द्र लोहनी, धवलशमशेर राणासहित नेताहरुको समर्थन छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ४४ बजे

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग

युवा उद्यमी मञ्च रुपन्देहीको आयोजानमा पहिलो ‘बिटुबि कन्टेक्ट २०२४’

बुटवल । नेपालमै पहिलो पटक रुपन्देहीमा शनिवार (भोली)’बिटुबि कन्टेक्ट २०२४’

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं । कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय