१ कार्तिक २०८३, आइतबार | October 18, 2026

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम



बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ खर्च कटाएर उक्त रकम जेष्ठ नागरिकका लागि दान गरेका छन् । रानाले बुटवल-१०, रामनगरस्थित दुर्गा मन्दिरमा स्थापना गरिने जेष्ठ नागरिक मिलन केन्द्र तथा धर्मशाला निर्माणका लागि २ लाख १ हजार रुपैयाँ दान गरेका हुन् ।

मन्दिर परिसरमा आयोजित श्रीमद देवि भागवत ज्ञान महायज्ञमा उनले उक्त रकम हस्तान्तरण गरेका छन् । मन्दिर परिसरमा धर्मशाला तथा जेष्ठ नागरिक केन्द्र निर्माणार्थ असोज २५ गतेदेखि आयोजित महाज्ञको आइतबार समापनका अवसरमा बोल्दै रानाले मानवीय सेवाको क्षेत्रमा सानो भए पनि योगदान दिने आफ्नो लक्ष्य अनुरुप रकम प्रदान गरिएको बताए । बुटवलको ड्रिम इन्टरनेश्नल तथा तलोत्तमाको ड्रिम गोल्ड रिसोर्टका सञ्चालकसमेत रहेका रानाले सामाजिक क्षेत्रमा योगदान गर्दै आएका छन् । उनले बुटवलका एक दर्जन बढी विद्यालय, मानव सेवा आश्रम, अपाङ्गता भएकाहरुको आश्रम तथा मठ-मन्दिरहरुमा अक्ष्यकोष स्थापना गरेका छन् ।

रामनगरस्थित दुर्गा मन्दिर ब्यवस्थापन समिति अध्यक्ष तथा यज्ञ सम्पादन मुल समिति अध्यक्ष ईन्द्र ध्वज मल्लले रकम दान गर्ने रानालाई प्रमाणपत्र तथा दोसल्लाले अभिनन्दन् गरेका थिए ।यस क्षेत्रमा नै पुरानो बसोबास मानिएको रामनगर बिसं. २०२४ सालमा महेन्द्र राजमार्ग निमार्णको क्रममा विकास भएको थियो । सोही क्रममा स्थानियहरुबाट मन्दिर स्थापना भई धार्मिक सद्भाव र एकता अघि बढाउने गरि मन्दिरमा नियमित पुजाआजा गरिएको उनले बताए । ‘सत्कर्म र संस्कार सिकाउने थलोका रुपमा मन्दिर स्थापना भएको हो ।’- उनले भने । विसं. २०७९ सालमा औपचारिक रुपमा दर्ता गरि ब्यवस्थित गर्ने काम आफूहरुले अघि बढाएको उनले बताए । टाढाटाढाबाट तिर्थालुहरुलाई समेत बास बस्ने ब्यवस्था गर्ने गरि पूर्वाधार तयार गर्ने लक्ष्य रहेको उनले बताए ।

महायज्ञबाट संकलन भएको रकमबाट जेष्ठ नागरिक दिवा मिलन केन्द्र तथा धर्मशाला निमार्ण गरिने हुँदा सो क्षेत्रका जेष्ठ नागरिकहरुलाई भजनर्कितन र भेटघाट गर्ने थलोका रुपमा विकास हुने महासचिव दिलिप कुमार सुनारले बताए । करीब ७ कठ्ठा क्षेत्रफल रहेको मन्दिर ब्यवस्थापन समितिबाट परिसरमा क्रियापुत्री भवन र सामुदायिक भवन निमार्ण गरेको छ ।

प्रकाशित मिति : १ कार्तिक २०८३, आइतबार  ६ : २४ बजे

समाजसेवी गोपाल रानाले दसैँ खर्च कटाएर जेष्ठ नागरिकका लागि दिए २ लाख रकम

बुटवल । समाजसेवी तथा युवा व्यवसायी गोपाल रानाले आफ्नो दसैँ

भारतीय प्रियागोल्ड बिस्कुटको आयात/बिक्रीमा नेपालमा रोक, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । भारतमा उत्पादित प्रियागोल्ड ब्रान्डका बिस्कुटमा मानव उपभोगका लागि

वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने

काठमाडौं । वेष्ट इण्डिजका चर्चित क्रिकेट खेलाडी आन्द्रे रसेलले नेपाल

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल