१७ बैशाख २०८१, सोमबार | April 29, 2024

अत्यावश्यक नपरी विदेश भ्रमण नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक नपरी विदेश भ्रमणमा नजान आग्रह गरेको छ ।

अफ्रिकी मुलुकहरूमा हालै पहिचान भएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) दक्षिण अफ्रिका र एसियाकै केही देशमा तिव्र बिस्तार भइरहेकोले सो संक्रमणलाई नेपाल प्रवेशबाट रोक्न मन्त्रालयले विदेश भ्रमण नगर्न आग्रह गरेको हो ।

विश्व स्वास्थ्य संगठनले पनि यो भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न घोषणा गरिसकेको छ । तर, हालसम्म नेपालमा उक्त भेरियन्ट फेला परी नसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यही कारण यो भेरियन्टलाई रोक्न समयमै सावधानी अपनाइ नेपाल प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सम्बन्धित निकायहरू तिव्र रुपमा एक भएर काम गरिरहेको अवस्था छ।’

कोभिड–१९ को ओमिक्रोन भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको छ । त्यसैले संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बन्न र जनस्वास्थ्यका मापदण्ड पालना गर्न गराउन मन्त्रालयको अपील छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ३ : ५२ बजे

महोत्तरीमा दिनहुँजसो आगलागी

महोत्तरी । जारी वैशाखको दोस्रो साता सुरु भएयता महोत्तरीमा दिनदिनैजसो

रामेछापका वनमा आगो लगाउने व्यक्ति पक्राउ

रामेछाप । रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक

मुलुकको आवश्यकताअनुसार १६औँ योजनाको लक्ष्य निर्धारण गरिएको छः उपाध्यक्ष श्रेष्ठ

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले मुलुकको

भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु

भोजपुर । भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको

लगानी सम्मेलन सफल भयो, हामी उत्साहित भएका छौंं : अर्थमन्त्री पुन

काठमाडौ्रं । अर्थमन्त्री वर्षमान पुनले तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य