२३ चैत्र २०८२, सोमबार | April 6, 2026

नक्कली बिलबुक बनाएर चोरीको मोटरसाइकल चलाउने २ जना प्रहरी नियन्त्रणमा



काठमाडौँ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले नक्कली बिलबुक बनाई चोरीको मोटरसाइकल चलाउने दुई जनालाई नियन्त्रणमा लिएको छ।

महाशाखाको पीडित सहायता ईकाईबाट सादा पोसाकमा खटिएको टोलीले बौद्धबाट कालो रातो रंङको २२० सी.सी.को प्रदेश ३ -०२-०१४ प ७८३७ नम्बरको पल्सर मोटरसाईकलको वास्तविक नम्वर परिवर्तन गरि नक्कली बिलबुक बनाएर मोटरसाइकल चलाइ रहेको अबस्थामा काभ्रे पाँचखाल- ४ घर भई बालाजु बस्ने ३० वर्षिय दिलिप राई चालक र पछाडी सवार गोरखा पालुङटार – ९ बस्ने २५ वर्षिय नबीन कोईरालालाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन् ।

फेला परेको उक्त मोटरसाईकलको वास्तविक नम्बर प्रदेश ३ -०२-०११ प ४४०४ रहेको खुल्न आएको पनि उनले बताए ।

पक्राउ भएको मोटरसाइकल जडीबुटीबाट हराएको भनी काठमाडौं महानगरपालिका ३२ जडीवुटी बस्ने दुर्गा नारायण श्रेष्ठले हुलिया सहितको निवेदन ट्राफिक महाशाखामा दिएका थिए ।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दाका अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त,नयाँ बानेश्वरमा पठाइएको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ५ : २७ बजे

ओली-लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा आज पुनः सुनुवाइ, बहस जारी

काठमाडौं । केपी शर्मा ओली र रमेश लेखकविरुद्ध दायर बन्दीप्रत्यक्षीकरणको

कांग्रेस संसदीय दलको बैठक आज, दलको नेता चयन र महाधिवेशन तयारी मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

चितवन । यहाँ उपचारका लागि आएका बिरामीमध्ये १८ जनामा कुष्ठ

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आजको मौसम : लुम्बिनी, बागमती र कोशी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको