४ असार २०८३, बिहिबार | June 18, 2026

“८∞ नबिल डिबेन्चर २०८५” को सूचीकरणको लागि सम्झौता



काठमाडौ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८∞ नबिल डिबेन्चर २०८५” को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १,०००। कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति २०७८/०४/१० मा आव्हान गरी मिति २०७८/०४/३१ मा बाँडफाँड गरेको थियो ।

सूचीकृत “८∞ नबिल डिबेन्चर २०८५” (NBLD8) को दोश्रो बजारको कारोबार भोलि मिति २०७८/०८/१६ देखिबाट नेप्सेमा शुरु हुनेछ ।

७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५४ बजे

बुटवलबाट क्रिप्टोकरेन्सी कारोबारमा संलग्न ६ चिनियाँ नागरिक पक्राउ

बुटवल । बुटवल उपमहानगरपालिका-१२ बाट नेपालमा कानुनी रूपमा प्रतिबन्धित क्रिप्टोकरेन्सीको

खबराको केराखेती : समस्या पहिचान गर्न प्राविधिक टोली परिचालन

म्याग्दी । जिल्लाको बेनी नगरपालिका-२ खबराको केराखेतीमा देखिएको समस्या पहिचान

सक्रिय राजनीतिबाट अलग भएको कृष्णबहादुर महराको घोषणा

काठमाडौं । पूर्वसभामुख तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता

बाँकेलाई जल पर्यटनको गन्तव्य बनाइँदै

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित कुसुमदेखि अगैयासम्मको राप्ती नदी खण्डलाई

राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ