१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

“८∞ नबिल डिबेन्चर २०८५” को सूचीकरणको लागि सम्झौता



काठमाडौ । नबिल बैंक लिमिटेड र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) बीच “८∞ नबिल डिबेन्चर २०८५” को क्रम संख्या १ देखि २२,०७,१०८ सम्म अंकित तथा चुक्ता मूल्य रु. १,०००। कायम भएको कुल २२,०७,१०८ कित्ता थान ऋणपत्रको सूचीकरण गर्ने सम्झौता भएको छ ।

सम्झौतामा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र नेप्सेको तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरञ्जन फुयालले हस्ताक्षर गरेका छन् ।

बैंकले हिमालयन क्यापिटल लिमिटेड (धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक कम्पनी) मार्फत बिक्रीका लागि मिति २०७८/०४/१० मा आव्हान गरी मिति २०७८/०४/३१ मा बाँडफाँड गरेको थियो ।

सूचीकृत “८∞ नबिल डिबेन्चर २०८५” (NBLD8) को दोश्रो बजारको कारोबार भोलि मिति २०७८/०८/१६ देखिबाट नेप्सेमा शुरु हुनेछ ।

७ बर्ष अवधि रहेको यस डिबेन्चरको भुक्तानी मिति २०८५/०४/३० मा हुनेछ । साथै, नबिल बैंकको तर्फबाट यस डिबेन्चर कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका डिबेन्चरवालाहरुको लगत अद्यावधिक गरी राख्ने लगायतका रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्य गर्नका लागि नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड संग डिबेन्चर रजिष्ट्रार सम्झौता समेत गरिएको छ ।

सन् १९८४ मा स्थापित यस बैंकले हाल १३५ शाखा, १८८ एटिएम र १,५०० भन्दा बढि नबिल रेमिट एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई समायनुकुल सेवा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ । यस बैंक ग्राहकवर्गको उच्च सन्तुष्टी एवम आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्ने तर्फ केन्द्रित रहेको छ ।

प्रकाशित मिति : १५ मंसिर २०७८, बुधबार  ७ : ५४ बजे

लागुऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम । अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित

धान फल्ने खेतमा फूलखेती

झापा । धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क

एनपीएल : जनकपुरलाई दोस्रो जितको लक्ष्य, पोखरालाई पहिलो जितको अवसर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबार हुने खेलमा

हिमपातपछि डोल्पामा ६ भारतीय पर्यटक सम्पर्कविहीन, हिमपातले उद्धारमा कठिनाइ

सुर्खेत । डोल्पाको प्रसिद्ध पर्यटकीय गन्तव्य शे-फोक्सुन्डो क्षेत्रमा भ्रमणका लागि